कालिकोट ।यस वर्ष समयमै पाठ्यपुस्तक पाएपछी विद्यार्थीहरु खुशी भएका छन ।
चालू आर्थिक वर्षको बार्षिक परिक्षाको नतिजा सार्वजनिक संगै भर्ना अभियान संचालन हुनु पुर्ब विद्यार्थीको हातमा पाठ्यपुस्तक हातमा आएको पहिलो हुन गएको छ । बिगत वर्षमा आधा भन्दा बढी समय पढाइ भैसके पछि पाठ्यपुस्तक पाइने दुर्गमका जिल्लामा समयमै पाठ्यपुस्तक पाउँदा खुशियाली छाएको हो ।
जिल्लाकै दुर्गम मानिएको पलाता गाउँ पालिकाका यस वर्ष पाठ्यपुस्तक पाउँदा बालबालिकामा खुशी छाएको सरस्वती माध्यमिक बिद्यालय थिर्पुले जनाएको छ । आइतबार सम्म पलाताका सबै बिद्यालयमा पाठ्यपुस्तक बितरणमा बालबालिकाले नयां पुस्तक हातमा आउदा रमाएको सरस्वती माबिका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिम बहादुर बमले बताए ।समयमै भर्ना अभियान शुरु हुने र विद्यार्थीले पठनपाठनमा सहजता आउने बमको भनाइ रहेको छ ।
पलाता गाउँ शिक्षा समितिका प्रमुख कल बहादुर भण्डारीले पलातामा सबै बिद्यालयमा पाठ्यपुस्तक पुगेर बितरणको काम भएको बताए । प्रमुख भण्डारीका अनुसार अब समयमै पढाइ हुने र पठनपाठनमा सहजता आउने बताए । बिगतमा पाठ्यपुस्तकका लागि जिल्ला सदरमुकाम धाउने अवस्था नआएको बताउदै स्थानीय स्तरमा पाठ्यपुस्तक पाएको बताएका हुन ।
स्थानीय ब्यापारी तथा पलाता स्टेसनरीका संचालक सर्जन बुढाले नेपाल सरकारले बिगत वर्षको पाठ सिक्दै यस वर्ष समयमै पाठ्यपुस्तक उपलब्ध गराएको बताउदै आफुहरुले समयमै कुनै पनि पाठ्यपुस्तक अभाब नहुने गरी ल्याएको बताएका छ्न ।
कालिकोटका जिल्ला सदरमुकाम मान्म,रास्कोट,पलाता लगाएतका क्षेत्रमा पाठ्यपुस्तक पुगेको बताइएको छ ।
पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले समयमै पाठ्यपुस्तक उपलब्ध भएकोमा खुशी ब्यक्त गर्दै पलाताका विद्यालयका सबै बालबालिकाहरुको लागि अवसरका रुपमा लिनु पर्ने बताए ।
Discussion about this post