माओवादी केन्द्र जुम्लाले जनयुद्धमा कार्यरत नेतालाई अभिनन्दन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) जुम्लाले जनयुद्ध ताका खेलेको भुमिकाको सम्मान गर्दै नेता तथा कार्यक्रतालाई अभिनन्दन गरेको छ । नेकपा(माओवादी केन्द्र) जुम्लाले संचालन गरेको दुई महिने अभियानका क्रममा उक्त सम्मान गरिएको हो । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जुम्लाका जिल्ला इन्चार्ज नरेश भण्डारीले उक्त कार्यक्रम तय गरेका हुन । कर्नालि प्रदेशका मुख्यमन्त्रि राजकुमार शर्माको उपस्थितिमा अभिनन्दन गरेको बताइएको छ ।

अभिनन्दित हुनेमा कालीकोट जिल्लाबाट जनयुद्धको समयमा जुम्ला जिल्लामा कार्यरत रहि जिल्ला इन्चार्जको जिम्मेवारी रहेका धनजित शाही(आदर्श) र गणेश बहादुर शाही(आकाश) लगाएतका नेताहरु रहेका छन । अभिनन्दित कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज भण्डारीले विगत जनयुद्ध कालको मुक्ति र मृत्युको कसम आएर गरिएको माओवादी आन्दोलनमा सहभागि भएर जुम्ला जिल्लाको वर्ग संघर्षमा खेलेको भुमिकाको कदर गर्दै अभिनन्दित गरिएको बताएका छन ।

कार्यक्रममा सहभागि कर्नालि प्रदेशका मुख्यमन्त्रि राजकुमार शर्माले जनयुद्धमा सहभागि यौद्धा तथा कमाण्डरहरुलाई गरिएको अभिनन्दन कार्यक्रम निकै रचनात्मकका र सम्मान जनक रहेको बताउदै सबै जिल्लाहरुले यसको सिको गर्नु पर्नेमा जोड दिएका छन

।साविकको कर्नालि,भेरी र राप्ति जिल्ला माओवादी केन्द्रको उद्घम थलोको रुपमा लिइएको थियो । हाल कर्नालि प्रदेशलाई माओवादी केन्द्रको बर्चश्व रहेको क्षेत्रका रुपमा लिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित