सहकारीका माध्यमबाट कृषि क्षेत्रमा परिवर्तन ल्याउनु पर्छ-अध्यक्ष आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिका अध्यक्ष गोविन्द आचार्यले सहकारीका माध्यमबाट शुभकालिका बासिको जिवन परिवर्तन गर्न सम्भब हुने बताएका छन । हिमचुलि कृषि सहकारी संस्थाको १० सेवा कार्यालय स्थापनाका क्रममा अध्यक्ष आचार्यले सो कुरा बताएका हुन ।

सहकारीले घरदैलोमा पुगेर सेवा दिने बलियो माध्यम भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले शुभकालिकामा रहेका सहकारीको अगुवाईको भुमिका खेल्न हिमचुलि सहकारीलाई अनुरोध गर्दै स्थानिय सरकारले आवश्यक सहयोग गर्ने बताएका छन ।

संस्थाको १० औं सेवा कार्यालयको उद्घाटनमा संस्थाका बरिष्ठ उपाध्यक्ष सरोज बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यव्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले स्वागत मन्तव्य दिएको र सेवा कार्यालय व्यवस्थापन समितिका संयोजक नरेन्द्र आचार्यको संचालनमा भएको कार्यक्रममा शुभकालिकाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

सेवा सेवा कार्यालयले पहिलो चरण शुभकालिका गाउँ पालिकाका सदस्यहरुलाई कर्जा प्रवाह,कृषि अर्गानिक वस्तु(रैथाने)वालिको प्रवद्धन तथा उत्पादनमा सहजिकरण गर्ने सेवा कार्यालय व्यवस्थापक शन्तोष भण्डारीले बताएका छन ।

संस्थाका हाल शुभकालिका गाउँ पालिकाका ९ सय ६२ जना महिला तथा पुरुष सदस्यहरु रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित