पृष्ठभुमि
विश्व अर्थव्यवस्थाको उतारचढाव स्वतः नेपालमा पर्ने असरले अन्य मुलुकको भन्दा फरक प्रभाव पर्नु नेपाल जस्तो विकासोन्मुख देशका लागि कुनै अनौठो भने होइन । नेपालि अर्थतन्त्रको प्रभाव विश्व अर्थतन्त्रको सम्बन्ध कायम छ ।अहिले विश्वमा युक्रेन रुसको युद्ध लगाएतका अन्य कठिनाइका कारण यति बेला हाम्रो देशमा पनि तरलता संकटले नेपालि अर्थतन्त्रमा क्रमस उधोगति तर्फ लाग्न थालेको छ । रुस विश्व बजारमा तेल र ग्यास उत्पादनको ठुलो राष्ट्र हो ।
त्यसको अप्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । सरकारका हरेक क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव परेर कठिनाई शुरु हुन थालेको भएपनि राज्यले न त संकटपूर्ण अवस्थाको संकेत गरेको छ न त उपयुक्त अवस्थामा देशको अर्थतन्त्र रहेको छ भनेर हिम्मत गरेको छ । अहिले स साना व्यवसायि देखि ठुला उद्योग कलकारखानामा आर्थिक मन्दिको प्रभाव शुरु भएको छ । साना घुम्ति व्यवसाय गर्ने व्यवसायिहरु समेत सामान विक्रि हुन छोडेको बताउन थालेका छन । बैंक तथा वित्तिय संस्थाहरुले भित्र रुपमा कारोबार भने गर्न छोडेका छैनन । सबै क्षेत्रबाट आर्थिक मन्दिका कारण कठिनाई झेल्न शुरु भएको छ ।केहीले बैंक तथा वित्तिय संस्थाहरुले बजारमा नगद नछोडेका कारण मन्दि शुरु हुन लागेको बताएका छन भने । केहीले सरकारले जग्गा जमिनमा कित्ताकटको रोकावटले बजारमा आर्थिक समस्या आएको विश्लेषण हुन थालेको छ । बास्तवमा आर्थिक संकट के कति कारणले आएको हो र समाधानका लागि चाल्नु पर्ने पहलको भने केही सुनुवाई हुन सकेको छैन । हुन पनि बाणिज्य बैंकहरुले गएको वर्ष देखि अहिले सम्म घरजग्गा तथा अन्य कारोबारमा अघि बढेको पाइदैन ।
हामीले वित्तिय अवस्थालाई भरपर्दाे बनाउनका लागि बैदेशिक रोजगारबाट आउने विप्रेषणको उचित प्रयोग देखि विकसित राष्ट्रले दिने आर्थिक सहायतालाई समेत कुटनितिक पहलकदमि जारी राख्नु पर्दछ । राज्यको दायित्व हो भनेर वेवास्ता गर्ने हो भने भोलिका दिनमा खाना खानका लागि अन्न पाउने र एकले अर्काेलाई सहयोग पाउने अवस्थाको वातावरण नभई मान्छेले मान्छेकाे डर मान्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।
जहाँ बजारमा बैंकहरुले घरजग्गा कारोबारलाई अघि बढाउने हो भने आर्थिक संकटको कठिनाई झेल्नु पर्ने अवस्था आउने थिएन कि ? यि यावत कारण नेपालका ग्रामिण क्षेत्रमा आर्थिक अवस्थाको कठिनाईले स साना उद्योग कलकारखाना तथा वित्तिय संस्थामा त्यसको असर पर्न शुरु भएको छ । नेपालमा केही समस्या आउछ भने ग्रामिण क्षेत्रमा पहिले आउने गरेको पाइन्छ ।हामीले नेपालमा कोरोना महामारीको समयमा बजारलाई पहिले छोएर पछि सुरक्षित गाउँलाई नै ठानियो । सबै समुदायले आफ्नो सुरक्षाका लागि गाउँ पसे । हो अहिले आर्थिक कठिनाईका संकेत पनि शहर बजारमा शुरु भएको देखिन थालेको छ । ठुला शहरहरुमा वित्तिय संस्थाहरु मथि आर्थिक संकटको शुरुवात भएको छ ।नेपालमा २०७२ सालमा तत्कालिन अर्थमन्त्रि विष्णु पौडेलले जारी गरेको श्वेत पत्रमा नेपाललाई २०२२ सम्म विकाशिल मुलुकमा स्तरबृद्धि गर्ने भनेको भएपनि २०२३ सम्म कुनै फरक पन आएको छैन भने सन् २०३० सम्म मध्यम आय भएका मुलुकको दर्जामा पुगाउने चुनौति औंल्याएको थियो । हुन पनि अहिले विश्व अर्थतन्त्र खैलाबैला भएको अवस्थामा तत्कालिन चुनौतिको विश्लेषण अहिले मिल्न आएको छ । त्यसै गरी २०७४ सालमा तत्कालिन अर्थमन्त्रि युवराज खतिवडाले जारी गरेको श्वेत पत्रमा नेपाललाई २०३० सम्म दिगो विकासका १७ वटा लक्ष्य र सो अन्तरगतका १६९ गन्तव्य हांसिल गर्ने प्रतिबद्धता जनाएको छ । यि यावत कुरालाई लिने हो भने ।
आर्थिक सकंटले नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु
१) विश्वका विकसित मुलुकहरुबाट अविकसित राष्ट्रलाई दिने सहयोग नआउनु ।
३) नेपालमा तेलको प्राप्ततालाई व्यवस्थापन गर्न नसक्दा महंगि बढ्ने
४) नेपाल जस्तो ४० प्रतिशत उपभोग्य वस्तुको आयतबाट पुर्ति गर्ने अवस्था सृजना नहुने अवस्था आउने ।
५) विश्व बजारमा खाडी जस्ता राष्ट्रहरुमा तेलको कारोबार हुने र त्यसबाट नेपालिहरुले कमाउने आधार भएकाले विप्रेषण भित्रिने अवस्था क्रमस कम हुंदै आउने ।
६) राज्यलाई दिने आर्थिक सहायाताका लागि मित्र राष्ट्रले अस्थि सरकार र राजनितिक उतारचढावको विश्वासिलो आधार नहुनु ।
७) बैंक तथा वित्तिय संस्थाहरुले घरजग्गा कारोबारमा लगानि गर्न अग्रसर नभई पर्ख र हेरको निति लागु गर्नु ।
विशेष गरी आर्थिक मन्दिले गरिवहरुमा प्रत्यक्ष असर पर्ने देखिन्छ । यसका लागि सरकारले यि उपायहरु अवलम्बन गर्ने हो की ?
१) विकास सहायता आउनका लागि राज्यले कुटनितिक पहल जारी राख्नु पर्ने ।
२)पेट्रोलियम पदार्थको कटौति गर्दै विद्युतिय प्रयोगमा जोड दिने ।
३) मौद्रिक निति तथा वित्तिय नितिको सबल प्रगोग गर्दै मुद्रास्फुर्ति नियन्त्रण गर्ने ।
४)व्यापारिक सम्बन्धलाई फराकिलो बनाउदै निजि क्षेत्र संग राज्य संगको सम्बन्धलाई उचित ध्यान दिदै समन्वय गर्नु पर्ने ।
५) विभिन्न बैैंक तथा वित्तिय संस्थामा विभिन्न संस्थान तथा संघ संगठनले राखेको ठुलो धनराशिलाई परिचालन गर्नु पर्ने ।
हुन त नेपाल जस्तो राष्ट्रलाई आउने चुनौति ठुला राष्ट्रका लागि पनि चुनौति बनेको छ । नेपालमा बैंक तथा वित्तिय संस्थाहरुमा एक पछि अर्काे समस्याहरु थ्ुाप्रिन थालेका छन । तैपनि राज्य मौन भएको छ । कहिले आर्थिक संकटकाल लागु गरेर फतफताउने हो त्यो भने हेर्न बांकी छ । अहिले हामीले सुष्म तरिकाले हेर्ने हो भने । आर्थिक निकास सहित राज्यले हरेक निकायहरु संग परामर्श सहकार्य गर्दै उचित कदम चाल्नु पर्ने देखिन्छ ।
नेपालमा केही समस्या आउछ भने ग्रामिण क्षेत्रमा पहिले आउने गरेको पाइन्छ ।हामीले नेपालमा कोरोना महामारीको समयमा बजारलाई पहिले छोएर पछि सुरक्षित गाउँलाई नै ठानियो । सबै समुदायले आफ्नो सुरक्षाका लागि गाउँ पसे । हो अहिले आर्थिक कठिनाईका संकेत पनि शहर बजारमा शुरु भएको देखिन थालेको छ ।
वित्तिय विश्लेषण
हरेक क्षेत्रमा विभिन्न क्रियाकलापहरुको विश्लेषणको खांचो हुन्छ जहाँ विश्लेषण हुन्छ ।त्यहाँ जोखिमका लागि पूर्व तयारी गराउन सहयोग पुग्दछ । स साना व्यवसायि मात्र हैन वित्तिय संस्थाहरुबाट पनि त्यसको बारेमा विभिन्न विश्लेषणहरुको खोजि कार्य जारी हुन्छ । अहिले नेपालमा ठुलो योगदान भएका बैंक वित्तिय संस्थाहरुले समेत आ आफ्नो संगठनलाई जोगाई राख्नका लागि विश्लेषण जरुरी छ । जसका लागि विश्वमा लागु भएका विभिन्न विश्लेषणका निति नियम मापदण्डहरु छन । जसबाट सबैले प्रयोग गर्दै व्यवहारिक रुप दिन थालिएको छ । एशियालि ऋण महासंघले लागु गरेको पल्स होस वा बैंक तथा वित्तिय संस्थाले लागु गर्ने क्यामेलेस हो वा नेपालि अनुसन्धानमा नयाँ बजारमा आएको एलेफेन्ट टुल्स हो । यि सबै वित्तिय अवस्थाको मापन गर्ने औजारहरु हुन । विश्वको विकास नेपालमा लागु गर्दै आएपनि पछिल्लो समय डाक्टर नमराज सिमखाडाले अघि सारेको एलफेन्ट(ELEPHANTS)टुल्सले व्यवहारिक प्रयोगमा अघि बढ्ने देखिएको छ । नेपालका बैैंक तथा वित्तिय संस्थाहरुले त्यसको उपयोग गरेर अघि बढ्न सक्नेहो भने नयाँपन आउने देखिन्छ । जसको प्रयोग राज्यका विभिन्न निकायले गर्न जरुरी देखिन्छ ।
जसमा फरकपनमा तपसिल आधार रहेका छन ।
१) पल्समा वित्तिय विश्लेषणमा के कति विषयहरु लागु गर्नु पर्छ भन्ने निश्चित नभएको अवस्थामा ELEPHANTS मा ७ वटा वित्तिय विश्लेषण र २ वटा उत्पादन संग विश्लेषण गरिएको छ । उत्पादकत्वको प्रभावकारिता र खुद बृद्धिलाई उचित स्थान दिएको छ ।अहिलेको आवश्यक्ता भनेको नाफा र दिगोपना आजको आवश्यक्ता हुन गएको छ भने उत्पादनको प्रभावकारिता त्यतिकै खांचो पर्ने देखिएको छ ।
२) वित्तिय संस्था र गैरवित्तिय संस्थाहरुके सुचकहरु समाबेश गरी मापन बनाउन जरुरी रहेको छ । विभिन्न निकायले पल्सका ४६ सुचकहरु मध्ये एसिएन ऋण संघले १३ वटा सुचक लागु गरेको छ भने एक्सेसले १३ र प्रोबेशनले १४ वटा सुचक लागु गरेको छ । अहिले नेपालमा वित्तिय विश्लेषण मात्र हैन की उत्पादकत्वलाई कसरी जोडेर लैजाने भन्ने प्रमुख हुन आएको छ
३)जसमा निम्नानुसार रहेको छ । शाब्दिक रुपमा यसबाट हामीले यसरी बुझ्न जरुरी रहेको छ ।
Elephants एलफेन्टस
E-Earninge Sustanbility (नाफा र दिगोपना)
L-liqudity(तरलता)
E-effectiveness (प्रभावकारिता)
P-productivity (उत्पादकत्व)
H-helthy financial structure(पुंजिको उपयुक्त संरचना)
A-assets quality (सम्पतिको गुणस्तर)
N-net growth(खुद बृद्धि)
T-targeting (लक्षित वर्गमा पहुंच)
S-self governance(शुसासन)
माथि उल्लेखेति सुचकहरुको शुरुवात गरेर एसियालि स्तरका बैंक तथा वित्तिय संस्था सहकारीहरुका लागि नयाँ आधार हुने देखिन्छ । साना किसान वित्तिय संस्थामा कार्यरत रहेका डाक्टर नमराज सिमखाडाको यस खोज अनुसन्धान कार्यले नेपालि मौलिकतका र विश्वमा लागु गरिएका सुचकहरुको आधारमा हेर्ने हो भने परिमार्जित सुचकका रुपमा लिनु पर्दछ ।
PEARLS- पल्स
विश्व स्तरमा लागु भएको पल्र्सका सुचकहरु ४६ वटामा आफु सुहाउदा सुचकहरु लागु गरेको पाइन्छ । जसअनुसार एसिएन ऋण संघले १३ सुचक लागु गरेको छ भने अन्य निकायले पनि फरक फरक सुचकहरु लगु गरेका छन । पल्समा छुटेको भनेकै दिगोपना,उत्पादकत्व र प्रभावकारिताको अभाव रहेको छ । हुन त विश्वका अधिकांस वित्तिय संस्थाहरुले लागु गर्दै आएका छन । एलफेन्टमा भने त्यसको समायोजन मार्फत थप विकास गरिएको छ । पल्समा भन्ने खोजेको के हो त ?
P-Protection(सुरक्षा)
E-effective financial structure (प्रभावकारी वित्तिय संरचना)
A-assets Quality(सम्पतिको गुणस्तर)
R-Rate Of return(प्रतिफल दर)
liqudity (तरलता)
S-sign of growth(बृद्धिको अवस्था)
त्यसै गरी बैैंकहरुले लागु गर्ने वित्तिय विश्ेषणका सवालमा क्यामेलस पनि महत्वपूर्ण विश्लेषणको सुचकका रुपमा लिदै आएको छ ।एलेफन्ट टुल्सले बैंकहरुका लागि पनि उत्पादकत्व,दिगोपना र खुद बृद्धिलाई आत्मसाथ गरिएको छ । क्रमस व्यवहारिक प्रयोगमा जान थालेको छ । क्यमोलस्ले अहिलेको तरलताको मापन देखि राज्यलाई गर्ने सहयोगको खांचो रहेको छ ।क्यामेलस्ले के भन्न खोजेको हो त ?
CAMELS- क्यामेलस्
C-Capital Adequcy(पुंजिको प्रयाप्तता)
A-Assets quality(सम्पतिको गुणस्तर)
M-management(व्यवस्थापन)
E-Earnings (आय)
L-Liquidity (तरलता)
S-Sensitivity Market(बजार प्रतिको सबंबेदनशिलता)
हो नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा के कस्तो छ र अबका भावि दिनमा सम्बन्धित निकायले सबै क्षेत्रबाट विश्लेषण गर्नु पर्ने बेला आएको छ । विश्लेषण गर्ने आ आफ्ना विधि प्रक्रियाहरु होलान तरपनि हामीले समग्र बैंक तथा वित्तिय संस्थाहरुले पुगाएको योगदानमा सबैले अर्थतन्त्र धरासायि बन्न नदिनका लागि कामकार्वाही अघि बढाउनु पर्ने देखिन्छ ।
आजको आवश्यक्ता :
हाम्रो देशमा वित्तिय तथा गैरवित्तिय संस्थाहरुले आर्थिक क्षेत्रमा पुगाएको योगदान महत्वपूर्ण रहेको छ । अहिले विश्वका ठुला बैंकहरुले सहि ठाउँमा लगानि गर्ने र समयमै उचित ध्यान नदिन सक्दा विभिन्न चुनौतिहरुको सामना गर्नु परेको छ । लामो समयमा कमाएको ख्यातिलाई जोगाइ राख्नका लागि धेरै परिश्रम र उचित व्यवस्थापन जरुरी रहन्छ ।
विश्वको विकास नेपालमा लागु गर्दै आएपनि पछिल्लो समय डाक्टर नमराज सिमखाडाले अघि सारेको एलफेन्ट(ELEPHANTS)टुल्सले व्यवहारिक प्रयोगमा अघि बढ्ने देखिएको छ । नेपालका बैैंक तथा वित्तिय संस्थाहरुले त्यसको उपयोग गरेर अघि बढ्न सक्नेहो भने नयाँपन आउने देखिन्छ । जसको प्रयोग राज्यका विभिन्न निकायले गर्न जरुरी देखिन्छ ।
अहिले हाम्रो देशको अर्थतन्त्रलाई सहि ठाउँमा राख्नका लागि आ आफ्नो ठाँउबाट राज्यलाई सहयोग गर्दै वित्तिय संकट निम्तिन नदिन कामकार्वाहीलाई व्यवस्थित तरिकाले ध्यान दिन जरुरी छ । कृषि क्षेत्र देखि सेवा मुलक क्षेत्रमा नेपालको अर्थतन्त्रको ठुलो भुमिका रहेको छ र भावि दिनमा थप महत्वपूर्ण जिम्मेवारी आउने देखिन्छ । हामीले वित्तिय अवस्थालाई भरपर्दाे बनाउनका लागि बैदेशिक रोजगारबाट आउने विप्रेषणको उचित प्रयोग देखि विकसित राष्ट्रले दिने आर्थिक सहायतालाई समेत कुटनितिक पहलकदमि जारी राख्नु पर्दछ । राज्यको दायित्व हो भनेर वेवास्ता गर्ने हो भने भोलिका दिनमा खाना खानका लागि अन्न पाउने र एकले अर्काेलाई सहयोग पाउने अवस्थाको वातावरण नभई मान्छेले मान्छेकाे डर मान्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले आजको आवश्यक्ता भनेको भएको चिजको जतन र उत्पादनमा लगानि गरेर विगतको भन्दा दोब्बर रुपमा उत्पादन गर्दै भण्डारणका लागि समयमै सोच्ने बेला आएको छ ।अरु देशका अर्थतन्त्र धरासायि भएको समाचार सुनेर मक्ख हुने हैनकी त्यो समस्या आफुलाई आउने होकी भनेर ठण्डा दिमागले सोच्ने बेला आएको छ । हामी वित्तिय संस्थाहरुले बैंकले कर्जा लगानि नगर्न सकेको अवस्थामा सहकारीले स सानो कर्जा प्रवाह गरेर सदस्यहरुको हितमा काम गर्दै आएको छ । यस कार्यलाई राज्यले सहि ढंगले हेरेर उचित स्थानका सहकारी तथा वित्तिय संस्थाहरुलाई प्रोत्साहन गर्ने गरी अघि बढ्नु पर्दछ ।
(लेखक : रुपेन्द्र ऐडी, हिमचुलि कृषि सहकारी संस्था कालीकोटका सहायक व्यवस्थापक तथा सुचना अधिकारी हुन )
सन्दर्म सामाग्रिहरु
१.एलफेन्टस टुल्स २०७८ (सिमखाडा डा.नमराज)
२.नेपाल सरकारको स्वेतपत्र ( अर्थमन्त्रि खतिवडा युवराज २०७४ र ज्ञवालि युवराज २०७२)
३)कोभिड १९ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धि सर्वेक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंक २०७७
४) विभिन्न लेख रचनाहरु
Discussion about this post