पलतामा पढाइ शुरु

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाभर भर्ना अभियान चलिरहेको समयमा पलाताले भने पठनपाठन शुरु गरेको छ । यस वर्ष समयमै किताब पुगेपछी पढाइ शुरु गरिएको पलाता वडा नम्बर २ सिद्धनाथ आधारभुत विद्यालयका शिक्षक धनकर्ण बिकले बताए ।

बिगत वर्षमा बैशाखमा किताब नआउदा भर्ना गर्ने समय मात्र राख्दै आएकोमा यस वर्ष भने किताब हुंदाहुदै पढाइ ढिला नगरी शैक्षिक शत्रको पहिलो चरणमा शुरूवात गरेको बताए ।

पलाताले जिल्लाकै हकमा पढाइ शुरु गरेको हो । पलाता गाउँ पालिका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीले सबै विद्यालयमा किताब पुगेको र भर्ना अभियान संग संगै पठनपाठन शुरु भएको बताए । यस अघि विद्यालयमा परिक्षाको नतिजा सार्वजनिक गरेको शिक्षा शाखाले दुर्गम ग्रामीण क्षेत्रमा पढाइ पनि समयमै गरेको बताए । सबैले गुणस्तरको कुरा गर्ने तर पठनपाठन समयमै नभइ आधा मात्र  हुंदा कसरी गुणस्तर कायम हुने भनेर नै व्यपक बहस भएको र सोही अनुसार सबै विद्यालय लागि परेको बताएका छन ।पलातामा ९ वटा माबी र ३० वटा आधारभुत विद्यालय रहेको बताइएको छ ।

पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले समयमै पठनपाठन शुरु गरेकोमा सिद्वनाथ आधारभुत विद्यालय लगाएत सबै विद्यालयलाइ धन्यवाद दिएका छन ।यो समयलाइ सदुपयोग गरेर विद्यार्थीले राम्रो नतिजा ल्याउने अध्यक्ष रोकायाले बताएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित