पचालझरनाले भुउपयोग नीति लागू गर्ने

7
SHARES
15
VIEWS

कालिकोट । पचालझरना गाँउपालिकाले भु उपयोग नीति परित गरेको छ । आज बसेको कार्यपालिकाकाे बैठकले उक्त निर्णय गरेको हो ।सो बैठकले गरेको  निर्णय अनुसार भु उपयोग कार्ययोजना समेत पारित गर्दै  अब पचालझरना गाउँ पालिकाको सडक, सार्बजनिक मठमन्दिर देखि बाटोघाटोको नक्सांकन गर्दै जग्गा जमिनका लागि सहज हुने भएको पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बिकले बताए ।

त्यसै गरी बैठकले यस अघि गरेका बैठकको समिक्षा गर्दै युबा तथा खेलकुद समितिमा भुपेन्द्र शाहिलाइ अध्यक्षको जिम्मेवारी तोकेको छ भने गैरसरकारी संस्थाको स्रोत ब्यक्तीको रुपमा नमराज संज्यालाइ तोकेको छ ।

बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटको खाका समेत प्रस्तुत गरेको छ भने बाढिपहिरो प्रभावित क्षेत्रको बस्तिलाइ स्थान्तरण गर्ने समेत निर्णय गरेको गाउँ पालिका प्रबक्ता प्रभुजन संज्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित