कालिकोट । रास्ट्रीय सहकारी महासंघ लि.ले आफ्ना सदस्य सहकारी संघ सस्थाको अनुगमन गरेको छ । महासंघको अनुगमन तथा निरीक्षण टोलिले सुदुरपश्चिम र कर्नाली प्रदेशका विभिन्न जिल्लाका सहकारीको अनुगमन गरेको हो।
तिन सदस्यीय टोलिले अनुगमनका क्रममा सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला,गण्डकी प्रदेशको बाके,कर्नाली प्रदेशको सुर्खेत,दैलेख,कालिकोट,जुम्ला लगाएतका जिल्लाका सहकारी संघ संस्थाहरुको अनुगमन गरेको टोलिका अनुगमन अधिकृत अच्युत थापाले बताएका छन ।
सोही क्रममा कालिकोट जिल्लाको हिमचुली कृषि सहकारी संस्था लि.को केन्द्रिय कार्यालयमा अनुगमन गरेको संस्थाका मुख्यब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताए । उनका अनुसार अनुगमन टोलिले संस्थाले गरेको व्यावसायिक कारोबारहरु अर्गानिक बस्तु,सोलार बिक्रि केन्द्र,दूध डेरी,आइएमइ लगाएतको कारोबारको अनुगमन गरेको बताए ।
सहकारीहरुको छाता संगठन रास्ट्रीय सहकारी महासंंघ लि.ले आफ्ना सदस्यहरुको हितमा काम गर्ने र हिमचुली सहकारी संस्था लि.लाई सक्दो सहयोग गर्ने बताएका छन ।
Discussion about this post