कालीकोट । प्रगतिशिल लेखक संघ कालीकोटको अध्यक्षमा लेखक तथा साहित्यकार महेन्द्र प्रसाद चौलागाई निर्वाचित भएका छन । कालीकोट जिल्लामा सम्पन्न तेस्रो जिल्ला सम्मेलनबाट उपाध्यक्षमा साहित्यकार तथा गजलकार दुर्गा प्रसाद काफ्ले,सचिवमा पत्रकार रुपेन्द्र ऐडी,सहसचिव नविन जैसी,कोषाध्यक्ष प्रेमा विक(प्रेरणा)सदस्यहरुमा अल्किना बम,पार्वति सिंह,कालि बहादुर मल्ल,अनन्त बराल,रमेश विष्ट,सवराज बम,धर्मराज ताम्राकार,हरि बहादुर शाही,जलशा बुढा र पंख बहादुर मल्ल रहेको १५ सदस्य जिल्ला कमिटि गठन गरेको छ ।
प्रगतिशिल लेखक संघका केन्द्रिय अध्यक्ष डाक्टर मधुसुधन गिरीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले चित्र सिंह गाउलें,अजय गिरी र पार्वति सिंहलाई केन्द्रिय प्रतिनिधिका लागि सिफारिस गरेको छ भने प्रदेश प्रतिनिधिमा तिलक बुढा,रमेश विष्ट,पुष्पराज आचार्य,हजा सुनार,अल्किना बमलाई पठाएको छ ।
जिल्ला सम्मेलनले तुलाराज विष्ट,नेत्रराज शाही,नगेन्द्र शाही,नयरुप धमाला,देवजंग शाहीलाई सल्लाहकारमा चयन गरेको बताइएको छ ।उक्त सम्मेलनमा बोल्दै प्रमुख अतिथि डाक्टर मधुसुदन गिरीले कर्नालिको संस्कृति झल्काउने गरी प्रगतिशिल लेखक संघले भुमिका खेल्ने बताउदै नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिएका छन ।
उक्त सम्मेलनबाट निर्वाचित अध्यक्ष महेन्द्र चौलागाईले कालीकोटको कला साहित्य तथा संस्कृतिको जगेर्ना गर्दै प्रगतिशिल लेखक संघले आफ्नो भुमिका निर्वाह गर्न प्रतिबद्ध रहेको बताएका छन । सम्मेलनमा सहभागि साहित्यकार चित्र सिंह गाउँले,प्रेरणा विक,धर्मराज ताम्राकार लगाएतका श्रष्टाहरुले कला प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।
सो कार्यक्रममा नेपाल पज्ञाप्रतिष्ठानका उपकुपति विमल निभा लगाएतका अतिथिहरुले कला संस्कृतिको संरक्षणमा जोड दिएका छन ।
सम्मेलनमा सहभागि साहित्यकारहरुकाे रारामा सम्मेलन हुने बताइएकाे छ ।
Discussion about this post