माओवादी केन्द्र पलांता अध्यक्षमा महतारा, दुई सय बढिलाई जिल्ला संयोजक शैलेन्द्रले गरे स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) पलांता गाउँ कमिटिको भेला मार्फत ऐनराज महतारालाई अध्यक्षमा सर्वसम्मत गरेको छ । पलांता गाउँ पालिकाको कहरदेवमा भएको दुइ दिनको भेलाबाट पुर्व उपाध्यक्ष रहेका ऐनराज महतारा अध्यक्षमा विर्नाचित भएका छन भने बरिष्ठ उपाध्यक्षमा विमबहादुर बम,उपाध्यक्ष देव विक,सरिता बम(शाही),सचिवमा सर्जन बुढा(पाण्डव),सहसचिवमा कल बहादुर बम,रूप राेकाया,जनराज राेकाया र काेषाध्यक्ष भीम प्रसाद न्याैपाने  लगाएत ४५ सदस्य कमिटि घोषणा गरिएको कर्नालि प्रदेश कमिटि सदस्य तथा पलांता इन्चार्ज मान बहादुर भण्डारी(बासिन्दा)ले बताएका छन ।

उनका अनुसार पलांताका नेकपा(एमाले) जिल्ला कमिटि सदस्य सहित विप्लव नेकपाका जिल्ला सदस्य लगाएत २ सय बढि एमाले, नेपालि कांग्रेसका कार्यक्रताहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ । र सचिवमा सर्जन बुढालाई सर्वसम्मत गरेको बताइएको छ ।

यस अघि पलांता गाउँ पालिकामा विष्णु रोकाया स्थानिय सरकारको प्रमुख भएपछि पहिलो भेलाबाट नयाँ नेतृत्व परिवर्तन गरिएको बताइएको छ । सो भेलामा बृहत रुपमा पलांता बासिको उपस्थिति रहेको र माओवादी केन्द्रिय सदस्य लक्ष्मि चौलागाई (शैलेन्द्र)ले सम्बोधन गर्दै जनताका समस्या समाधानका लागि पार्टी केन्द्रले घनिभुत रुपमा काम अघि बढाएको र पालिका स्तरमा समेत विकासको लहर अघि बढेको बताएका छन ।

जिल्ला भर अभियान संचालन गरेको र सबै भन्दा प्रभावकारी रुपमा अभियान सम्पन्नका साथै गाउँ भेलाबाट नयाँ नेतृत्व चयन गरेको बताइएको छ । सो भेलालाई कर्नालि प्रदेश कमिटि सदस्य तथा पलांताका अध्यक्ष विष्णु रोकायाले समेत सम्बोधन गरेको सहकर्मि धनबहादुर शार्कीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित