समाजवादी प्रेस संगठन जिल्ला अध्यक्षमा शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(एकिकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन कालीकोटका जिल्ला अध्यक्षमा जिवन शाहीलाई सर्वसम्मत गरिएको छ ।

एकिकृत समाजवादी कालीकोटको कार्यालयमा भएको एक भेलाले अध्यक्षमा जीवन कुमार शाही,उपाध्यक्ष भगवती शाही,सचिव जीवनराज देवकोटा,सहसचिव विशाल कुमार बम,कोषाध्यक्ष लक्ष्मि सिंह सहित ११ सदस्य रहेको जिल्ला समिति गठन गरिएको संस्थापक केन्द्रिय सदस्य तथा कर्नालि प्रदेशका सहयन्चार्ज अनन्त बरालले बताएका छन ।

नवनर्विाचित पादधिकारीलाई बधाई दिदै केन्द्रिय सदस्य बरालले जनपक्षिय पत्रकारितामा कलम अघि बढ्ने विश्वास व्यक्त गर्दै संगठनले आफ्नो अभिभारा पुरा गर्ने बताएका छन । यस अघि समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज कुर्मराज शाही एमालेमा प्रवेश गरे संगै समाजवादी प्रेस संगठनमा आवद्ध सबै पदाधिकारीहरु एमाले निकट प्रेस चौतारीमा गएपछि संगठनलाई पूर्णता दिएको बताइएको छ ।

नेकपा(एकिकृत समाजवादी) कालीकोटका जिल्ला उपाध्यक्ष चित्र सिंह गाउँले,चन्द बहादुर शाही लगाएतका नेताहरुको उपस्थिति रहेको नवनिर्वाचित उपाध्यक्ष भगवति शाहीले बताएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित