रास्कोट मिनि मार्केटको शहरी बिकाश भवन डिभिजन जुम्ला द्वारा अनुगमन

7
SHARES
15
VIEWS

कालिकोट । रास्कोट आरसिपी बजारलाइ मिनि मार्केटको रुपमा बिकाश गर्न पुराना टहरा हटाएर ब्यबस्थित बजार बनाउन शुरु भएको छ ।जिल्लाकै चर्चाको बिषय बनेको रास्कोट बजारमा बनाइएको दुई दशक बढी समयका टहरा हटाइएको छ ।

उक्त बजारलाइ नमुना र ब्यबस्थित बजार बनाउन समुदायले नगर सरकारलाई साथ दिएका छन ।रास्कोट नगरपालिकाले गरेको आग्रहलाई आत्मसाथ गर्दै अहिले डोजर मार्फत ब्यबस्थापन गर्न शुरु भएसंगै व्यावसायिहरुले आ आफ्नो ब्यबस्थापन शुरु गरेका छन ।

रास्कोट नगरको बिना दबाब शुरु भएको बजार ब्यबस्थापनले आगामी शन्ततिहरुलाइ भने राम्रो हुने देखिएको स्थानीय बताउछन ।अहिले आफुलाइ असहज भएपनी भोलिका दिनमा ब्यबस्थित शहरका रुपमा आरसिपिबजार नमुना हुने आशा आफुले लिएको दल रोकायाले बताए ।

अहिले उक्त मिनि मार्केटको अबधारणालाइ ब्यबहारिक रुप दिन शहरी बिकाश भवन डिभिजन कार्यलय जुम्लाका प्रमुख प्रदिप कुमार सिंह,इन्जिनियर चन्द्र खड्का सहितको टोलिले स्थलगत अनुगमन गरेको छ । आइतबार रास्कोट पुगेको टोलिले रास्कोट स्थित आरसिपी बजारको अनुगमन गरेको हो ।

सो बजारलाइ कसरी अघि बढाउने बिषयमा ब्यापक छलफल भएको रास्कोट नगर प्रमुख धर्मराज शाहीले बताए ।उनले भने भाबी पुस्ता सम्मका लागि राम्रो हुने गरी नमुना बजार र बहुआयामिक शहरका रुपमा लिएर समयमै काम सम्पन्न गर्ने बताए । रास्कोट मात्रै नभएर प्रदेश निर्वाचन क्षेत्र ख को केन्द्र बिन्दु रास्कोटलाइ सबै हिसाबले राम्रो बनाउने योजनामा आफू रहेको बताए ।

नगर प्रमुख शाहीले भौतिक संरचना देखि अन्य काममा सहयोग गरेकोमा रास्कोट बासिको विशाल मन भएकै कारण मिनि मार्केटको अभियान सफल हुने बताउदै सबैलाइ धन्यवाद दिएका छ्न ।आरसिपि बजार हुँदै धार्मिक पर्यटकिय क्षेत्र बडिमालिकाको मुख्य प्रवेश द्वार रहेको देउरापाटन,त्रिबेणि लगाएतका लागि महत्त्व राख्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित