खानेपानिमा शुद्धता कायम गर्दै पचालझरना

7
SHARES
15
VIEWS

कालीकोट,असार । पचालझरना गाउँ पालिकामा सरसफाई क्षेत्रमा तिव्रता दिन थालिएको छ ।

एक घर एक धाराको अभियानमा अगाडी बढेको पचालझरना गाउँ पालिकामा वडा स्तरमा स्वच्छ खानेपानिमा शुद्धता दिन पालिकामा टोल स्तरमा फिल्टर वितरण गर्न थालिएको छ । स्थानिय वासिलाई आर्थिक वर्ष २०७६।०७७को बजेट अनुसार फिल्टर ल्याइएको बताइएको छ ।वडा न.६मा आज गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले सो वडाका २ सय ९८ घरधुरीका समुदायलाई फिल्टर वितरण गर्नु भएको छ ।

स्थानिय विकास संज्यालका अनुसार वडाका नागरिकहरुलाई वडा सदस्य हरिनारायाण संज्याल लगाएतका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा फिल्टर वितरण गरिएको बताउनु भएको छ । फिल्टर बुझ्दै स्थानिय रामलाल संज्यालले पहिलेका जमानामा धारा,कुवा तथा अहटमा बगेको पानि खाने गरेको भएपनि अहिले स्वच्छ खानेपानि प्रयोग गर्ने बानि को विकास गराउनु का साथै फिल्टरबाट छानेर पानि खांदा आफुहरु निरोगि हुने कुराको अवगत गराएकोमा गाउँ पालिकालाई धन्यावाद दिनु भएको छ । पांच वटा वालविकास केन्द्र र एक वटा विद्यालयलाई समेत फिल्टर दिएको बताइएको छ ।
गाउँ पालिकाले आफ्नो आंगन आफ्नो पहिचान भन्ने मुल नारा अघि सारेर सरसफाइ क्षेत्रमा नमुना कार्यक्रम अगाडी बढाएको छ । यस अघि पचालझरना गाउँ पालिकाका वडा न. ४ र ५मा समेत फिल्टर वितरण गरिएको थियो ।

खानेपानिमा पहुंच् पुगाउनका लागि पचालझरना गाउँ पालिकाले पचालझरना मिनिरल वाटर समेत निकाल्ने योजना बनाएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । छैटौं गाउँ सभाको निति तथा कार्यक्रममा सरसफाईलाई विशेष जोड दिदै आगंनको  सरसफाई नै उस्को पहिचान हुने बताउदै पचालझरनाको पानिलाई देश भर चिनाउनका लागि मिनिरल वाटर मार्फत उत्पादनमा जोड दिने तयारी गरेको अध्यक्ष सेजुवालको भनाई रहेकोे छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित