प्रगशिल लेखक संघले गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । प्रगतिशिल लेखक संघ कालीकोटले आउदो जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक  सहित श्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । कालीकोट जिल्लाको तेस्रो जिल्ला सम्मेलनबाट निर्वाचित समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । बैठकले गणतन्त्र दिवसमा विभिन्न किसिमका गजल,चुट्किला,देउडा गित,नृत्य लगाएतका कार्यक्रम गर्ने र उत्कृष्ट कलाकार तथा सहभागिहरुलाई सम्मान समेत गर्ने भएको छ ।

संघका जिल्ला अध्यक्ष महेन्द्र चौलागाईका अनुसार उक्त कार्यक्रममा उत्कृष्ट कलालाई प्रलेसको मुखपत्रमा प्रकाशनमा ल्याउने बताएका छन । त्यसै गरी जिल्लामा साहित्यकार देखि लेखक तथा कलाकारहरुलाई संगठित गर्ने कला साहित्यको क्षेत्रमा नयाँ खोज अनुसन्धानका विशेष जोड दिने बताइएको छ । प्रलेसले सिंगो कर्नालिको साहित्य कला,लोक संस्कृतिको जगेर्नाका लागि सबै निकायहरु संग समन्वय सहकार्य गरेर अघि बढ्ने समेत निर्णय भएको अध्यक्ष चौलागाईले बताए ।

कालीकोट जिल्लामा २०५३ सालमा स्थापना भएको प्रलेसको जिल्लमा तेस्रो जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भए संगै गतिविधिहरु शुरु गर्न लागेको र सबैले साथ दिने प्रगतिशिल लेखक संघ कालीकोटका उपाध्यक्ष दुर्गा प्रसाद काफ्लेले बताएका छन । प्रलेसको राष्ट्रिय स्तरको कार्यक्रम यसै वर्ष मुगु जिल्लाको रारामा भएको छ ।

राराको वास्तविकता बुझ्नका लागि देशभरका साहित्यकार तथा कलाकारहरु रारामा उपस्थिति भएर कर्नालिको संस्कृतिका बारेमा छलफल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित