बाैद्ध र मार्क्सवादी दर्शन मिल्दाजुल्दा छन-मदन कठायत

7
SHARES
15
VIEWS
मदन कठायत

                                               बुद्धलाई  कसरि हेर्ने
– गाैतम बुद्धलाई एसियाका तारा (Star of Asia)  भन्ने गरिन्छ,सायद उनलाई सामान्य अर्थले व्याख्या गरेर पुग्दैन होला। किनभने आज उनको योगदान उनले देखाएको मार्ग अतुलनीय छ।
आजभन्दा करिब ५६७ ई.पुर्वमा नेपालको सिद्धार्थनगर कपिलवस्तुका शाक्य वंशका राजा सुद्धोदन र कोलिवंशकि रानी मायादेवीको सन्तानको रूपमा वैसाख शुक्ल पुर्णिामाको दिन लुम्बिनीमा जन्मेका शाक्यमुनि गाैतम बुद्धलाई विभिन्न  दृष्टिकोणले हेर्ने गरिएको छ।
कसैले बुद्धलाई भगवानको रूपमा हेर्ने गरेका छन भने कसैले उनि ईसा पुर्व ५६७ तिरका महान दार्शनिकको रूपमा हेर्ने गरेका छन्। वास्तवमा बुद्व को हुन् जान्छ बुद्धलाई अध्ययन गर्नैपर्छ।

बुद्धको निधनको सय वर्ष पछि बाैद्ध दर्शनमा दुईवटा सम्प्रदाय देखा पर्यो जसमा एउटा  हिनायान र अर्को महायान साम्प्रदाय हिनायान सम्प्रदाय श्रिलङ्का,वर्मा,कम्बोडिया,भियतनाम ,थाइल्यान्ड र लाअोस आदि देशहरूमा प्रचलित छ भने महायान सम्प्रदाय उत्तरि देश नेपाल,भारत ,चिन,तिब्बत ,कोरिया,जापान ,ताईवान् ,भुटान,मंगोलिया र सिंगापुर आदि एसियालि देशहरूमा प्रचलित छ।
आजको २१आै सताब्दिसम्म आइपुग्दा पनि बुद्ध त्यति नै लोकप्रिय छन। यिनै बुद्धसँग नठोकिएका कुनै उत्पिडन विरूद्धका क्रान्ति,आन्दोलन छैनन्, साथै विचार ,दार्शनिक,बिद्धान्, कवि, लेखक छैनन । यसको कारण बुद्धले मान्छेका दु:खबारे  ४ आर्य सत्य र दुख समाधान का ८ मार्गहरू पत्ता लगाएका थिए ।


यि कुराले बाैद्ध र मार्क्सवादी दर्शन एक दोस्रो सँग एकदमै नजिक र मिल्दाजुल्दा पनि  छन्। यिनिहरूमा फरक भनेको मार्क्सवादमा वर्गसंघर्षको मार्गबाट ,मानिसका दुख का कारण र समाधान सामाजिक व्यवस्थामा खोजिएको हो भने  बुद्धमा अहिंसाको मार्गबाट मानिसका दुख का कारण र समाधान व्यक्तिमा हो, यसबाहेक सबै समान छ एक अर्कोमा प्रभाव परेको देखिन्छ ।


यहाँ यिनै बुद्धबारे केही चर्चा गराैँ

आज भन्दा करिब २६०० वर्ष अगाडि समाज दास युगबाट सामन्तवादी समाजमा रूपान्तरण गर्दै गरेको समाजमा हिन्दु धर्मको प्रभाव एकदमै थियो। जातभातका कुराहरू बढ्दै थिए ,छुवाछूत एकदमै धेरै थियो। अहिलेको जस्तो स्वतन्त्र समाज थिएन,मान्छेले मान्छेलाई बाँधेर राख्ने अवस्थामा बुद्धले समाजमा दु:ख  देख्नु ,दु:खको कारण भेटाउनु ,दु:खको निवारण बारे सोच्नु  र दु:ख निवारणका मार्गहरू पत्ता लगाउने बारे सोच्नु  त्यतिवेलाको समयलाई  हेर्दा त्यति सजिलो विषय थिएन । आज हामीले पुर्वीय दर्शनमा अध्ययन गर्ने कन्फ्युसियस ,ताअो देखि अहिलेका महात्मा गान्धी सम्म बाैद्व दर्शनले नछोएको ठाउँ देख्न सकिँदैन।

यसैगरि १९आैँ सताब्दिमा युरोपमा उदाएका महान दार्शनिक राजनीति-अर्थशास्त्रि ,समाजशास्त्रि कार्ल मार्क्ससँग पनि मिल्दोजुल्दो छ। १९आैँ सताब्दि देखि यहाँसम्म आई पुग्दा जुन किसिमका शोषण र दमनका बिरूद्धमा जति सुकै साना ठुला संघर्ष,युद्ध र क्रान्ति भए ती सबै मार्क्सवाद सँग सम्वन्धित युद्ध नै भए ।
यसको कारण हो कि मार्क्सवादि क्रान्ति  यहि समाजमा वर्ग छ, यहि वर्ग शासक  र शासित  हुन्छ, यसको समाधान पनि हुन्छ। यहि समाधानका विभिन्न मार्ग मध्ये वर्गसंघर्षको मार्गबाट सामाजिक व्यवस्थामा मान्छेका यही  दु:ख र दु:ख समाधान गर्नको लागि गरिएका विभिन्न युद्ध ,क्रान्तिहरू  थिए । यहि कुरा बाैद्ध दर्शनमा भेट्न सकिन्छ यहि दु:ख सम्बन्धि ४वटा आर्य सत्य र समाधानका ८ वटा बाटाहरू छन्। यि कुराले बाैद्ध र मार्क्सवादी दर्शन एक दोस्रो सँग एकदमै नजिक र मिल्दाजुल्दा पनि  छन्। यिनिहरूमा फरक भनेको मार्क्सवादमा वर्गसंघर्षको मार्गबाट ,मानिसका दुख का कारण र समाधान सामाजिक व्यवस्थामा खोजिएको हो भने  बुद्धमा अहिंसाको मार्गबाट मानिसका दुख का कारण र समाधान व्यक्तिमा हो, यसबाहेक सबै समान छ एक अर्कोमा प्रभाव परेको देखिन्छ ।


कसैले बुद्धलाई भगवानको रूपमा हेर्ने गरेका छन भने कसैले उनि ईसा पुर्व ५६७ तिरका महान दार्शनिकको रूपमा हेर्ने गरेका छन्। वास्तवमा बुद्व को हुन् जान्छ बुद्धलाई अध्ययन गर्नैपर्छ।


बुद्धले मानिसका दु:खका कारण व्यक्तिमा खोजे भने मार्क्सले सामाजिक व्यवस्थामा खोजे । त्यसैगरी, बुद्धले ती दु:खको समाधान व्यक्तिमा खोजे भने मार्क्सले सामाजिक व्यवस्थामा खोजे । ज्ञानको इतिहासमा तिनका योगदानलाई  सधैं सम्झिरहने छौँ । आज बुद्धको निधन भएको सय वर्षपछि पनि बाैद्ध दर्शनलाई फरक दृष्टिकोणबाट आगाडि सारियो र विभिन्न देशहरूमा फरक  सम्प्रदायहरू हिनायान र महायान,एउटाले दर्शनको रूपमा भने अर्कोले ईश्वरको रूपमा अगाडि सारिएको  छ।
यहाँ देखाउन खोजिएको कुरा आजको २१आैँ सताब्दिमा आउदा पनि मानिसले आफ्नो वर्गीय मुक्तिको लागि मार्ग पहिल्याउन नसकेको अवस्थामा आजभन्दा २ हजार ६ सय वर्ष अगाडि यी तमाम दु:खका मार्गहरू पत्तालगाई विश्वभरि फैलाउनु कति महान काम थियो यो कल्पना गर्न नसकिने कुरा हो।

करिब २६०० वर्ष अगाडिका बुद्धलाई अहिले भगवानका रूपमा हेर्नू पनि न्यायसंगत नहोला, किन भने बुद्ध स्वयं ईश्वर विरूद्ध थिए भने उनको दर्शन संसारका मानव  मुक्तिको लागि थियो भन्ने कुरालाई सामान्य रूपले लिनु हुदैन।
बुद्धका बारेमा थुप्रै काल्पनिक कथाहरू छन जस्तै उनी जन्मनु भन्दा पहिला आमाले सेतो हात्तीले फूल दिएको ,उनी जन्मिले वित्तिकै सात पाईला हिडेको, उनी भगवान विष्णुका अवतार जस्ता काल्पनिक  मिध्याहरू छन ,बुद्धलाई नै स्वयं भगवान मानेका छन ।
यी थुप्रै विषयहरू भएपनि बुद्धलाई बिर्सन नसकिने र बुद्घ को हुन भनेर छुट्याउन सकिने उनका ४ वटा आर्य सत्यहरू(4 Nobel truth ) र यसका ८ वटा बाटाहरू(8 Fold post) छन् यसले नै बुद्ध  ईश्वर नभई एक दर्शन हो जुन समाजको लागि अपरिहार्य छ भन्ने कुरा प्रमाणित गर्छ।

फेरि आजको समाजमा बाैद्ध दर्शनको महत्त्वलाई मार्क्सवादीहरूले अध्ययन गर्नुपर्ने हो किन भने दु:ख सम्वन्धि जुनकुरा बाैद्ध दर्शनसँग छ त्यहि कुरा माक्र्सवादी दर्शनमा देख्न पाईन्छ भनेपछि यो समाजमा आजको माक्र्सवादको समाजवादी मार्ग पत्ता लगाउन २६०० वर्ष पहिले बुद्धले खोजेको मार्ग बारे अध्ययन गर्दा मात्र सफल भईन्छ । बुाैद्ध दर्शन र मार्क्सवादि दर्शन बिच समाजका लागि थुप्रै समानताहरू छन।


बुद्धका बारेमा थुप्रै काल्पनिक कथाहरू छन जस्तै उनी जन्मनु भन्दा पहिला आमाले सेतो हात्तीले फूल दिएको ,उनी जन्मिले वित्तिकै सात पाईला हिडेको, उनी भगवान विष्णुका अवतार जस्ता काल्पनिक  मिध्याहरू छन ,बुद्धलाई नै स्वयं भगवान मानेका छन । यी थुप्रै विषयहरू भएपनि बुद्धलाई बिर्सन नसकिने र बुद्घ को हुन भनेर छुट्याउन सकिने उनका ४ वटा आर्य सत्यहरू(4 Nobel truth ) र यसका ८ वटा बाटाहरू(8 Fold post) छन् यसले नै बुद्ध  ईश्वर नभई एक दर्शन हो जुन समाजको लागि अपरिहार्य छ भन्ने कुरा प्रमाणित गर्छ।


त्यसैले हाम्रो समाजमा मार्क्सवादलाई सफल बनाउन या मार्क्सलाई पुर्विय दर्शनको दृष्टिकोणने हेर्दा बुद्ध र बाैद्ध दर्शनलाई अध्ययन गर्न एकदम आवश्यक छ। कार्ल मार्क्सको समाज पनि त्यतिबेलाको ईसाई धर्मबाट ग्रसित थियो भने बुद्ध हिन्दु धर्मसँग दुवैजनाले यसैको सेरोफेरोमा सामाजिक, आर्थिक र राजनितीक समस्यालाई मानव जिवनको जीवन र जगतबारे अध्ययन गरि विश्वलाई एक दर्शन दिए।

गाैतम बुद्धबाट प्रेरणा लिन सकिने कुरा उनको  व्यक्तिगत जीवन के थियो? उनको रहन सहन कस्तो थियो ?पारिवारिक पृष्ठभूमि र उनलाई बुझ्न थालिएको के हो? भन्दा पनि उनले भन्न खोजेको के हो? उनले त्यतिबेलाको समाजलाई कसरी बुझेका थिए? मानिसको जीवन र जगतलाई कसरी ब्याख्या गरेका थिए भन्ने कुरा नै महत्वपूर्ण हो।

लेखक : मदन कठायत कार्कि(स्नातकोत्तर तह,एम.ए. राजनितीशास्त्र आर.आर.क्याम्पस)(9869517886)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित