तिलागुफाका स्वर्गिय पर ब‍.शाहीको परिवारलाई ३ लाख ऋण मिनाह सहित ६ लाख विमा राहत प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । गएको असाेज महिना बाढि पहिरोमा वेपत्ता भएका तिलागुफा नगरपालिका वडा न.४का वडा अध्यक्ष पर बहादुर शाहीका परिवारलाई हिमचुलि सहकारी द्धारा विमा राहत हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य भई तिन लाख कर्जा लिएका पर बहादुर शाहीको ३ लाख मध्ये बांकी रहेको ऋण २ लाख ५० सहित आज सम्मको व्याज सहित कट्टा गरी थप तिन लाख नगद रकम हस्तान्तरण गरिएको हो ।

तिलागुफा नगरपालिकाका प्रमुख शंकर प्रसाद उपाध्ययकाे उपस्थितिमा स्वर्गिय पर बहादुर शाहीको धर्मपत्नि नैनशोभा शाहीलाई मिनाह गरेको बाहेक तिन लाखको चेक हस्तान्तरण गरिएको हो ।

सहकारी संस्थाका तिलागुफा व्यवस्थापक चन्द्रमणि आचार्यको संचालनमा भएका सदस्यहरु संगको अन्तरक्रिया कार्यक्रममा संस्थाका शिक्षा विभाग प्रमुख कृष्ण बराल,सहायक व्यवस्थापक रुपेन्द्र ऐडी,संचालक समिति सदस्य धनकृष्ण न्यौपाने,बरिष्ठ उपाध्यक्ष सरोज बोगटीको उपस्थिति रहेको कार्यक्रममा तिन लाखको चेक हस्तान्तरण गरिएको हो। सँस्थाले सदस्यहरुलाइ गरेकाे राहतकाे कार्यक्रम राम्राे भएकाे नगर प्रमुख शँकर प्रसाद उपाध्यले बताएकाे सँस्थाका फिल्ड सहायक गणेश राेकायाले बताएका छन ।

हिमचुलि कृषि सहकारी संस्था लि.ले जिल्लाका १४ हजार सदस्यहरुको दुर्घटना विमा,कर्जा विमा लगाएतको कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित