पिलि र चिल्खायामा हिमचुली सहकारी द्वारा सदस्यहरूलाई सिपबिकाश तालिम

7
SHARES
15
VIEWS

कालिकोट ।खांडाचक्र नगरपालिकाको पिलिमा बाख्रा पालन र तिलागुफा नगरपालिकाको चिल्खायामा सीप बिकास तालिम सम्पन्न भएको छ ।हिमचुली कृषि सहकारी सस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ ब्यवसायिक तालिम अन्तरगत पिलिमा दोस्रो चरणमा बाख्रा पालन र तिलागुफा नगरपालिकाको चिल्खायामा रैथाने बाली सम्बन्धि तालिम गरेको हो ।चिल्खायामा भएको तालिममा गएको वर्ष हिउँमा डुबेर मृत्यु भएका पदम उपाध्ययका परिवार पद्मकौरा उपाध्यायलाइ जिआ राहत बापत ५ हजार नगद प्रदान गरिएको बताइएको छ ।
पिलिमा संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज बोगटी,संचालक समिती सदस्य तथा कर्जा उपसमिति संयोजक धनलाल अधिकारी,शिक्षा तथा तालिम बिभाग प्रमुख कृष्ण बराल,पिलि सेवा कार्यलयका ब्यबस्थापक गोगन मल्ल सहितको उपस्थितिमा भएको तालिममा पिलिमा रहेका ३० जना सदस्यहरुको उपस्थिति रहेको फिल्ड सहायक मनोज शाहीले बताए ।उनका अनुसार सो तालिमको सहजीकरण पशु शाखा पशु प्राबिधिक भिम कार्कीले गरेको हुन ।
तालिममा सहभागीहरुले बाख्रा पालनमा आउने समस्या देखि खोर ब्यबस्थापनका बिषयमा जानकारी लिएको र सबैले व्यबहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छ्न।चिल्खायामा रातोचामल र कृषि बस्तु सम्बन्धि तालिम संचालन गरिएको सेवा कार्यलय ब्यबस्थापक सुनिता कोइरालाले बताइन ।उक्त तालिममा संचालक सदस्य धनकृष्ण न्यौपाने,सहायक ब्यबस्थापक रुपेन्द्र ऐडी लगाएतको उपस्थिति रहेको बताइएको छ ।

हिमचुली कृषि सहकारी संस्था लिमिटेडले जिल्लाका ९ स्थानीय तहका ९ वटै सेवा कार्यलयमा २ हजार सदस्यहरुलाइ शिक्षा तथा तालिमा दिने लक्ष्य अनुसार सदस्यहरूलाई तालिम दिएको तालिम बिभाग प्रमुख कृष्ण प्रसाद बरालले बताए । अहिले सम्म १ हजार ७ सयबढीलाई तालिम दिएको बताइएको छ ।
हिमचुली कृषि सहकारी संस्थाका जिल्लाभर १४ हजार ६ सय सदस्यहरुमा विभिन्न कार्यक्रम लागू गर्दै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छ्न ।
संस्था २०६५ साल भाद्र २५ गते स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित