कालिकोट ।सान्नित्रीबेणिले पालिकामा रहेका सबै बिद्यालयका बालबालिकाको आँखा जांच गरेको छ ।
सान्नित्रीबेणी गाउँ पालिकाको सहयोग तथा जिल्ला आँखा अस्पताल कालिकोटको समन्वय तथा प्राबिधिक सहयोगमा २८ वटा विद्यालयका बालबालिकाको आँखा जांच गरेकोमा ४३ जना बालबालिकालाई चस्मा आबस्यक परेको बताइएको छ ।
बिद्यालयमा गएर आँखा जांच गर्ने जिल्लाकै सबै भन्दा पहिलो सन्नित्रीबेणी गाउँ पालिका रहेको बताइएको छ ।आज सान्नित्रीबेणी गाउँ पालिका अध्यक्ष मोहन केसिको उपस्थितिमा सान्तिकोट आधारभुत बिद्यालयका बालबालिकालाई चस्मा बितरण गरिएको जिल्ला आँखा अस्पताल कालिकोटका प्रमुख डबल अधिकारीले बताएका छ्न ।
विद्यालयमा अध्ययनरत बालबालिकाको आँखा सम्बन्धि समस्याको चेकजाँच गर्नु राम्रो काम भएको बताएका छन ।
Discussion about this post