अपराधी पक्रन गएका आठ प्रहरीको हत्या

7
SHARES
15
VIEWS

काठमाडौं,असार । उत्तर प्रदेशको कानपुरमा बिहीबार राति अपराधी पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण हुँदा एक डीएसपीसहित आठ जनाको मृत्यु भएको छ । अपराधीहरुको समूहले प्रहरीको बाटो छेकेर घरका छतबाट गोली प्रहार गरेका थिए ।

घटनामा अरु धेरै प्रहरी घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । उत्तर प्रदेश प्रहरीका महानिर्देशक (डीजीपी) हितेशचन्द्र अवस्थीका अनुसार कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न प्रहरी चौबेपुर थाना क्षेत्रको डिकारु गाउँ गएको थियो । त्यहाँ प्रहरीलाई रोक्न पहिलादेखि नै जेसीबी राखेर सडक बन्द गरिएको थियो ।

त्यहाँ प्रहरी रोकिनेबित्तिकै घरका छतहरुबाट प्रहरीमाथि आक्रमण भएको थियो । त्यहीँ आठ पुलिसको मृत्यु भएको हो । मृत्यु हुनेमा डेपुटी एसपी देवेन्द्र मिश्र, तीन सब इन्स्पेक्टर र चार कन्स्टेबल छन् ।

मुठभेडमा कम्तीमा छ प्रहरी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कानपुर रिजेन्सी अस्पतालमा भर्ना गरिएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

डीजीपी अवस्थीका अनुसार विकास दुबेविरुद्ध ६० भन्दा बढी उजुरी दर्ता छ । पछिल्लो समय कानपुरका राहुल तिवारीले उनीविरुद्ध उजुरी दर्ता गरेका थिए । त्यसकै लागि दुबेलाई पक्राउ गर्न उनको गाउँ बिकरु गएको थियो ।

दुबेमाथि २००३ मा श्रम सम्झौता बोर्डका तत्कालीन अध्यक्ष सन्तोष शुक्लाको हत्याको आरोप पनि छ । प्रहरीले अहिले थप बल परिचालन गरेर दुबेको खोजी तीब्र पारेको जनाएको छ ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित