तिलागुफामा विकास निर्माणको ९० प्रतिशत बजेट भुक्तानि भइसक्यो-नगर उपप्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट । विगत वर्ष झैं यस वर्ष विकासि बजेट समयमै काम नहुंदा फिर्ता जाने चिन्तामा नागरिकहरु रहेको समयमा स्थानिय तहले कामलाई समयमै सम्पन्न गरेर भुक्तानि लिने क्रम बढेको छ । जिल्लाको तिलागुफा नगरपालिकामा चालु आर्थिक वर्षको विकास निर्माणको कामको रकम भुक्तानि लिने क्रम बढेको बताइएको छ ।

तिलागुफा नगरपालिकाका नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले योजनाको अनुगमन सम्पन्न भएको र सोही अनुसार रकम भुक्तानि हुने क्रम बढेको बताएका छन ।

स्थानिय तहले गाउँ तथा नगर पालिकामा उपाध्यक्ष तथा उपप्रमुखको नेतृत्वमा अनुगमन समिति बनाएको छ । उपप्रमुख मार्फत योजनाको अनुगमन गरेर मात्र भुक्तानि हुने भएकाले तिलागुफा नगरपालिकाका सबै योजनाहरुको अनुगमन गर्दा समयमै योजनाहरुको काम सम्पन्न भएको बताएका छन ।

जिल्लाका अधिकांस गाउँ तथा नगरपालिाकामा कामको चटारो अषाढमा हुने परम्परालाई तोड्दै यस वर्ष भने अधिकांस कामको फरफराक गर्न शुरु भएको छ । तिलागुफा नगरपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका तिन योजना बाहेक सबै योजनाहरु समयमै सम्पन्न भएर रकम समुदाय स्तरमा पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित