कालिकोट ।पलाताका शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारीको नाम जोडेर योजना हालिदिने भन्दै ४ लाख घुस मागेको बिषयमा सिद्वनाथ आधारभुत विद्यालयका प्रधानध्यापक कृष्ण कामिले खण्डन गर्दै आफ्नो ब्यक्तिगत लेनदेन भएको बताएका छन ।
केही समय पहिले योजनाका लागि भन्दा पनि ब्यक्तिगत कामको लागि सापटी मागेको रकमलाइ लिएर केही मिडियाले घुसको रुपमा लिएको भन्दै आफ्नो चरित्र हत्या भएको बताएका छन ।उनले लेखेका छन “शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी संग पहिले देखि ब्यक्तिगत कारोबार लेनदेन भएको घुस मागेको भनेर मेरो चरित्र हत्या भएको भन्दै आपत्ति जनाएका छ ।”
उनले आफुलाइ ठुलै नेता हुं भनेर छक्याएर कुरा मागेको बताएका छन । आफ्नो परिचय नदिएर योजना दिन्छौ समेत भनेको विद्यालयका प्रधानध्यापक कृष्ण कामिले बताए ।आफू कानुनी प्रक्रियाका लागि अघि बढ्ने बताएका छन ।
उनी संग जानकारी लिएको अडियोमा भने भवन बनाउनकै लागि रकम दिएको बताएका छन ।प्रधानध्यापक कृष्ण कामिले शुरु देखि आफू संग सोधेको कुराकानी समेत बाहिर ल्याउनु पर्ने बताए ।
Discussion about this post