पचालझरनाको खार्दुमा पचालो देवताको थानमा ताम्रपत्र सहितको छाना

7
SHARES
15
VIEWS

कालिकोट ।पचालझरनाका मन्दिरहरु परम्परागत बाट आधुनिक हुन थालेका छन ।बिगतमा काठले छाएका छानाहरु अहिले ताम्रपत्रले छाउने काम शुरु भएको छ ।पचालझरना गाउँ पालिकाको आर्थिक वर्ष २०७८/०७९ को ५ लाख र समुदायको सहलगानी २ लाख ५० हजार गरेर कुल ७ लाख५० हजारमा खार्दु गाउँको ठुलामाडुलाई तामाको छानाले छाउने काम भएको छ ।

छाना मर्मत उपभोक्ता समितिका अध्यक्ष समेत रहेका धनलाल कठायतका अनुसार गएको वर्ष सम्पन्न हुने छानाको बिबिध कारण काम नभएकाले अहिले सम्पन्न भएको बताए । पचालझरना सरकारले गरेको आर्थिक लगानिमा ताम्रापत्र सहितको थान(मन्दिर)को काम सम्पन्न हुनु गाउँकै  सान बढेको कठायतले बताए ।

पचालझरना हेर्न जाने मुख्य प्रबेश द्वारमा रहेको उक्त मन्दिर यस अघि काठको छाना रहेको थियो ।पचालझरना गाउँ पालिकाका सबै मन्दिरहरु सिमेन्ट सहितका नयाँ शैलिमा निर्माण भएका छन ।पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले धार्मिक तथा पर्यटकिय क्षेत्रका लागि उचित स्थान दिने बताएकी छ्न ।

नेपालको सबै भन्दा अग्लो पचालझरना देखि धार्मिक क्षेत्रको हिसाबले सबै भन्दा बढी रहेको पचालझरना सुचना प्रबिधी शाखा प्रमुख प्रकाश कठायतले बताएका छ्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित