माओवादी केन्द्र खाडाचक्र नगर अध्यक्षमा कार्की

7
SHARES
15
VIEWS

कालिकोट ।नेकपा (माओवादी केन्द्र) खाँडाचक्र नगर कमिटीको विषेश भेलाबाट मीन बहादुर कार्किको नेतृत्वमा नयाँ समिती सर्बसम्मत भएको छ ।शनिबार शुरु भएको भेलाले उपाध्यक्षहरु सुर्य बहादुर शाही,मिर्मसरा शाही,मदन बिक,सचीव बिर्खसिंह बिक,सहसचिव जनक आचार्य,मनरु हमाल,दिपक बिस्ट,कोषाध्यक्ष मन्जु शाही सहित ५५ सदस्य नगर कमिटी सर्बसम्मत भएको बताइएको छ ।
नेकपा(माओवादी केन्द्र) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिष्णु बिकको उपस्थितिमा भएको भेलामा जिल्ला संयोजक लक्ष्मी चौलागाईं (शैलेन्द्र), केन्द्रिय सदस्य गंगा खड्का,प्रदेश कमिटी सदस्य सरोज बोगटी,धनलाल अधिकारीको उपस्थिति रहेको बताइएको छ ।
सो निर्वाचित कमिटीलाई बधाइ दिदै जिल्ला संयोजक चौलागाईंले नयाँ नेतृत्वले पार्टी संगठन र जनताका पक्षमा काम गर्ने बताउदै बधाई दिएका छन ।माओवादी केन्द्रले जिल्लाका महाबै,पलाता,शुभकालिका,तिलागुफामा नयाँ नेतृत्व चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित