स्थानिय तहको निर्वाचन पछि महावैले के के गर्‍यो ? सुचि सहित

7
SHARES
15
VIEWS

कालिकोट । स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न भएको एक वर्ष पुरा भएको छा सोही अवसर मा विभिन्न काम भएका  छन सोही क्रममा महावै गाउ पालिकाले एक वर्षमा गरेरका काम जानकारी गराएको छ । महावै गाउ पालिका अध्यक्ष खेम बहादुर सिंहले दिएको जानकारी अनुसार महावै गाउ पालीका ल स्वास्थ्य शिक्षा र विकाश नर्माण का काम वारेमा जानकारी गर्दै एकवर्ष मा गरेका कामका विवरण प्रकाशित गरेकका हुन । अध्यक्ष सिहले  महाबै गाउ पालीका वडा नम्बर एक देखि सात सम्म गरेका कामको जानकारी गराउदै चुनाव को समयमा बोलेका वाचा क्रमश पूरा गर्ने वताएका छन । उनले भनेका छन महावै वासी को हितमा हुने काम गर्ने वताए ।

महावै अध्यक्ष खेम वहादुर सिंहले भने . . .

आदरणीय महावै तथा कालिकोट बासी सबैलाई हार्दिक नमस्कार अभिबादन सहित नमन गर्न चाहन्छु।आजको मितिमा स्थानीय चुनाव भयको ठिक १बर्ष पुगेको छ।चुनावको बेला बोलियका प्रतिबद्धता हरु केही पूरा भयका छ्न, केही हुँदैछ्न।तपाई हरुको बिश्वास र भरोसा लाई थप प्रगाढ गराउन चाहन्छु।यी सबै कामलाई प्रभावकारी कार्यान्वयन गराउन लागि पर्ने सिङ्गो कार्यपालिका सम्पुर्ण जनप्रतिनिधि , अहोरात्र खटिने रास्ट्रसेवक कर्मचारीहरु र बिकास प्रेमी आम जनसमुदाय प्रती हार्दिक धन्यवाद व्यक्त गर्दर्छु।
पालिकाको जिम्मेवारी प्रदान गर्ने पार्टी नेतृत्व र गठबन्धनका सम्पुर्ण नेतृत्व प्रती पनि श्रृणी छु। पालिका हुँदै समग्र जिल्लाको बिकासमा यहाँ हरुको अतुलनीय सहयोगको अपेक्षा गर्दछु।
१ बर्षमा सम्पादित कामहरु:-
&गाउँ पालिका अस्थायी भवन निर्माण /३ वटा वडा कार्यालय निर्माण कार्य शुरु र १ वटा वडा कार्यालय संचालन
&सिम्खेत ओदा हुँदै पादमघाट सम्म सडकको ट्याक खोल्ने काम भयको छ
&पादमघाट पक्की पुलको ठेक्का प्रक्रिया अगाडी बढेको &सेराबाडा पादमघाट सडक निर्माण कार्य शुरु
&घट्टेगाड गेला हुँदै कुनि सम्म गाडी गुडाउन सफल
&सेराबाडा बेलिबृज पुलको प्रक्रिया सुरु
& महाबैका सबै नागरिकको स्वास्थ बिमा
& गाउँ गाउँमा करिब २ दर्जन भन्दा बढी पिसिसी बाटोनिर्माण
& महाबै सामुदायिक अस्पताल लाई आधरभुत अस्पतालको रुपमा संचालन
& खरछाना मुक्तगर्ने अभियानको निरन्तरता
&जनता आवास कार्यक्रम मार्फत दलित समुदायका आवास निर्माण हुँदै
& जनयुद्ध र जन आन्दोलनका घाइतेको उपचार शुरु
&स्थानिय पाठ्यक्रमको लागू
&जनप्रतिनिधि र कर्मचारी र शिक्षकका छोराछोरी सरकारी बिधालयमा पढाउने अभियानको थालनी
&गाउँमा स्वास्थ शिबीर /२ वटा बर्थिङ सेण्टर निर्माण हुँदै
&ओखड र स्याउको बिरुवा किसान हरुलाइ बितरण
&भकारी र गाउँ पालिकाको सयुक्त लगानीमा ४ वटा सिचाइ कुलाहरु निर्माण
&इको हिमाल नेपाल र गाउपालिकाको साझेदारीमा नर्सरी ,किसान पाठशाला निर्माण
&युवाहरूलाई रोजगारी सिर्जनाका लागि व्यावसायिक तालिम संचालन
&समयमै सामाजिक सुरक्षा भत्ता बितरण
&एन ,नियमहरु र कार्यबिधीहरु निर्माण

#शिक्षा शाखा
१.गाउँ शिक्षा योजना निर्माण
२. स्थानीय पाठ्यक्रम निर्माण
३.कक्षा ८ को परीक्षा ब्यबस्थित सन्चालन / पुरस्कृत
४.दिवा खाजा लाई ब्यबस्थापन
५.इसिडी सहजकर्ता लाई क्षमता बिकाश तालिम
६.शिक्षक/ शिक्षिकालाइ क्षमता बिकास तालिम
७.पालिका/ जिल्ला स्तरीय रास्ट्रपति रनिङ सिल्ड सम्पन्न
९.नमुना युवा गाउसभा सन्चालन
१०.प्र अ तथा गाउशिक्षा समितिको बैठक नियमितता
११.आवासिय बिधालय संचालन
१२.बिधालय समायोजन
१३.बिधालयका भौतिक पुर्वाधार निर्माण
१४.अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
१५.बिधालयहरु लाई सेनिटरी प्याड बितरण
#स्वास्थ शाखा
स्वास्थ शाखाका उत्कृष्ट कामहरू
१ नि शुल्क स्वास्थ बिमा कार्यक्रम २८५ घरधुरी बिमित ।
२ गर्भवती र सुत्केरीको लागि नि शुल्क क्याल्सियम चक्कि वितरण ।
३ गर्भवति , जेष्ठ नागरिक र ५ बर्षमुनिकाे बालबालिकाकाे ,लागि नि शुल्क घुम्ती शिविर ।
४ महिलाहरूमा हुने पाठेघरकाे मुखमा हुने क्यान्सरको परिक्षण ।
५ गर्भवतीका लागि प्रत्येक वडाहरूमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम 
६ पुर्ण खाेप सु निश्चित तथा दिगाेपना कायम ।
७ समयमै गर्भवती ,उत्पेरणा तथा प्राेहाेत्साहन भत्ता वितरण ।
८ आस्कमिक रूपमा गर्भवती तथा सुत्केरीहरूकाे प्रेषण गरिएको छ। ६ जना।
९ नियमित रूपमा बिधालय स्वास्थ्य शिक्षा तथा किशोरीलाई अाईरन चक्कि वितरण ।
१० नियमित सेवाहरूकाे निरन्तरता साथै ष शर्त कार्यक्रमहरू कार्यक्रम संचालन निर्देशिका बमोजिम संचालन भैरहेका छन ।
११ माेतिबिन्दु छनौटगरी सल्यक्रियाकाे लागि रिफर गरिएकाे छ ।
$ महाबै -१
१.प्रहरी चौकी पादमघाट
२.सार्वजनिक सौचालय पादमघाट
३.बन्चुगाड झोपु
४.स्वास्थ चौकी स्तर उन्नति
५.जगन्नाथ आबि भवन निर्माण
६.थामखेत सिचाइ कुलो निर्माण
७.साकिया थामखेत सिचाइ कुलो निर्माण
८.साकिरा पलौनी सिचाइ कुलो निर्माण
९.पादमघाट खानेपानी निर्माण
१०.साकिरा रैचौर सिचाइ कुलो निर्माण
११.थामखेत पिसिसी बाटो निर्माण
१२.स्वास्थ चौकी देखि डाडाघर पिसिसी बाटो निर्माण
१३.धारादेखी महाबै मन्दिर सम्म पिसिसि बाटो निर्माण
१४.साकिरा दियार घोबा निर्माण
$वडान २.
१.पादमघाट ओदा पिसिसी बाटो निर्माण
२.हेलिप्याड निर्माण
३.पादमघाट पालिका सम्म पिसिसी बाटो निर्माण
४.घट्टेलिखेत सिचाइ कुलो निर्माण
५.रक्सड बाट पादमघाट सम्म सडक निर्माण
६.झ्यागाड सिचाइ कुलो मर्मत
७.चाखा/ कोइरली मन्दिर निर्माण
८.झ्यागड खानेपानी मर्मत
९.सहिद स्मृति भवन निर्माण
१०.वडा कार्यालय भवन निर्माण
१०.पदेलिकौडा खानेपानी योजना
$वडा न ३.
१.नकुगाउ पिसिसी बाटो निर्माण
२.घट्टेखोला गाउँ हुदै डाडाखला पिसिसी बाटो निर्माण
३.घट्ट्खोला गैरा सम्म पिसिसी बाटो निर्माण
४.राता पिसिसि बाटो निर्माण
५.लक्ष्मी सिचाइ कुलो मर्मत
६.डाफे आबि फिल्ड तथा सौचालय निर्माण
७.गोदिखोला पिको हाइड्रो निर्माण
८.हिमालय माबी भवन निर्माण
९.सेरा तटबन्धन
१०.नकु खानेपानी निर्माण
११.स्वास्थ चौकी मर्मत
$वडा न:- ४
१.महाबु सडक खण्ड मर्मत
२.ओखडमेला ढल निकास
३.वडाकार्यालय निर्माण
४.रानाघर देखि नयाँ घर सम्म पिसिसी बाटो निर्माण
५.राउतले देखि नयाँ घर सम्म पिसिसी बाटो निर्माण
६.गैरा देखि सिम सम्म पिसिसी बाटो निर्माण
७. वडा न४ मा पिसिसी बाटो निर्माण
८. वडा न४ मा खानेपानी
९.पाइबाडा पिसिसी बाटो निर्माण
१०.डिल्ली सिचाइ कुलो निर्माण
११.त्रिवेणि माबी फिल्ड निर्माण
१२.बधानघर पर्खाल निर्माण
१३.महाबु धर्मशाला मर्मत तथा सौचालय निर्माण
$वडा न -५
१.घट्टेगाड देखि हलाने सम्म सडक स्तर उन्नति
२.कालिका माबी पर्खाल निर्माण
३.टाकुराखला पिसिसी बाटो निर्माण
४.औलगेला पिसिसी बाटो निर्माण
५.बर्थिङ सेन्टर निर्माण गेला
६.स्वास्थ इकाई पर्खाल निर्माण
७.बुकाहाल्ना बृहत एक घर एक धारा निर्माण
८.सहिगेला खानेपानी मर्मत
९.सैनचौर सिचाइ कुलो निर्माण
१०.कठायत टोल खानेपानी निर्माण
११. पिपल चौतरा मर्मत
१२.पिपलचौतरा देखि माथिल्लो दलित टोल सम्म पिसिसी बाटो निर्माण
१३.कालिका माबी खानेपानी मर्मत
१४.वसन्त शाहिको घर देखि सैनचौर सम्म पिसिसि बाटो निर्माण
१५.वडा कार्यालय भवन निर्माण
१६. कालिका माबी प्राबी पर्खाल निर्माण
$वडा न ६
१.रकाल बाडा पर्खाल निर्माण
२.बिर्तामोड बाटो मर्मत
३.गणेशकोट पिसिसी बाटो निर्माण
४.जुगेमुला खानेपानी योजना
५.डुग्रा खानेपानी गणेशकोट
६.दलित भवन निर्माण
७. चन्दादेबी माबी भवन निर्माण
८.चन्दादेबी शौचालय मर्मत
९.चन्दादेबि फिल्ड निर्माण
१०.गणेशकोट देखि घोबा मर्मत
११.सल्लेरी पान्तडी घोबा मर्मत
१२.काडाकुलो सिचाइ
१३.गुन्ढुङा बिसौना घोबा निर्माण
१४.शेराघर पर्खाल निर्माण
$वडा न ७
१. गाउँ धारो मर्मत
२.कर्कलेखोला वडा कार्यालय पिसिसी बाटो निर्माण
३.वडा कार्यालय भवन निर्माण
४.स्वास्थ भवन हुँदै गाउसम्म पिसिसी बाटो निर्माण
५.माथिल्लो झ्यागाड कुलो निर्माण
६.तल्लो झ्यागाड कुलो निर्माण
७.बिर्तामोड हुँदै राम्नी सम्म पिसिसी बाटो निर्माण
८.सियाला धारा मर्मत
९.नव शान्ती बालबिकास केन्द्रको शौचालय निर्माण
१०.सुधारियको चुलो बितरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित