कालीकोट । कर्नालि प्रदेशका मुख्यमन्त्रि राजकुमार शर्मालाई २३ बुद्धे माग पत्र बुझाइएको छ । नेकपा(माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको अगुवाईमा कर्नालि प्रदेशका विभिन्न राजनितिक दलहरुका भातृ संगठनहरुको सहभागितामा आगामि कार्यक्रम र दलितको सहभागिताका बारेमा सुझाव समेट्दै २३ बुद्धे माग पत्र बुझाएको छ ।
आर्थिक वर्ष २०८०।०८१का लागि प्रस्तुत गरिने निति तथा कार्यक्रममा सरकारले कर्नालिका दलित तथा पछि परेका समुदायहरुका लागि उचित व्यवस्थापन गर्न माग गरेर आवश्यक सुझाव सहित माग पत्र पेश गरेको नेपाल दलित मुक्ति मोर्चाका कर्नालि प्रदेश अध्यक्ष दिनेश चदांराले बताए । उनले भने विशेष गरी कर्नालिमा दलितहरुको सहभागिता २९ प्रतिशत भएको र त्यसका लागि कर्नालि प्रदेश सरकारले नितिगत रुपमा समाबेशका लागि सुझावहरु दिइएको बताइएकाे छ ।
कर्नालिका दलितहरु सुकुम्बासि भएर बस्नु पर्ने अवस्थालाई अन्त गर्न आवासको व्यवस्थापन,शिक्षामा दलित समुदायको पहुंच बृद्धि,प्रादेशिक दलित छात्रावास,रैथाने सिल्पकलाको संरक्षण,दलित समुदायलाई निशुल्क घुम्ति स्वास्थ्य शिविरको माग गरिएको छ ।
त्यसै गरी सुर्खेतका बैज्ञानिक इन्जिनियर रत्नविर सिंह कामीको सालिक निर्माण गर्नुका साथै रात्नराजमार्गको नाम हटाएर दलविर सिंह राजमार्ग नामाकरण गर्न माग गरेको छ ।उक्त माग पत्रमा दलित जनप्रतिनिधिलाई क्षमता अभिबृद्धि तालिम संचालन गर्न समेत माग गरेको छ ।
उक्त माग पत्र पेश गर्दै दलित मुक्ति संगठनका केन्द्रिय उपाध्यक्ष बसन्त कुमार विक,नेपाल दलित मुक्ति मोर्चाका प्रदेश अध्यक्ष दिनेश चदारा,नेपाल दलित संघका महासचिव दिपक सोनि,नेपाल दलित मुक्ति महासंघका रगुविर मिजार,जातिय समता समाजका हिरालाल नेपालि लगाएतका प्रतिनिधिहरुको सहभागिता रहेको बताइएको छ ।
माग पत्र पेश गर्ने क्रममा मुख्यमन्त्रि शर्माले आफुले २३ बुद्धे सुझावहरु लागु गर्ने प्रतिवद्धता जनाएका छन ।
Discussion about this post