अन्तर जिल्ला सुरक्षा बैठक दैलेखमा

7
SHARES
15
VIEWS

कालीकोट ।अन्तर जिल्ला सुरक्षा समन्वय बैठक दैलेखमा सम्पन्न भएको छ । सुदुर पश्चिम प्रदेशका अछाम सहित कर्नालिका ५ वटा गरी ६ जिल्लाको समन्वय बैठक दैलेख जिल्लाका आठविसकोट नगरपालिकाको राकममा सम्पन्न भएको छ । उक्त बैठकमा जिल्ला सुरक्षा समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझि सहितको उपस्थितिमा भएको बैठकले सिमा जोडिएका जिल्लाहरुमा हुने अबैध क्रियाकलाप देखि समन्वय सहकार्यमा अघि बढ्ने सहमति भएको बताइएको छ सो बैठकमा कर्नालि प्रदेशका सुर्खेत,दैलेख,कालिकोट,सल्यान,जाजरकोट र सदुरपश्चिम प्रदेशको अछाम जिल्ला सहित ६ वटा जिल्लाको सहभागिता रहेको हो ।

सो बैठक संगै जल उत्पन्न प्रकोप प्रतिकार्य घटना अभ्यास समेत गरिएको कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी माझिले बताएका छन उनका अनुसार यस अघि हुने बैठकमा दैलेख,अछाम र कालीकोट जिल्लाको मात्र सहभागिता हुने भएपनि यस पटक भने अन्य जिल्लाहरुको सहभागिता भएको बताएका छन ।

आगामि दिनमा छिमेकी जिल्लाहरुमा हुने उच्छृंखल गतिविधिमा समन्वय सहकार्य बाट अघि बढ्न सहज हुने र सुरक्षा चुनौतिमा आएका समस्याको समयमै निकास आउन सहयोग पुगाउने बैठकको निष्कर्ष रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित