स्थलगत रुपमा पुगेरै यसरी विकास निर्माणको खाका कोर्छन पलांता अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकोट । मनमा आंट अनि दृढ विश्वासका साथै शाहस बोकेका पलाति जनताका आशाका केन्द्र विष्णु रोकाया विवाद रहित पलांताको विकास निर्माणमा जोड दिन चाहने नेतृत्वका रुपमा अघि बढेका छन । उनले आफ्नो कार्यकालमा पलांताका सबै वडामा सडक विस्तार,खानेपानि र भौतिक पूर्वाधारका लागि विशेष योजना अर्थात ५ वर्षे रणनिति बनाएर अघि बढेका छन । उनले स्थानिय स्तरमा कहाँ के आवश्यक छ ।जनताका समस्या बुझ्न महिनामा एक पटक वडामा पुगेरै भएपनि विकासको खाका कोर्न शुरु गरेका छन । उनले कर्नालि संचारलाई भने आफुले पलांतामा विकास निर्माण गर्दा आवश्यकिय कुरालाई मध्यनजर गर्दै श्रोतको उचित व्यवस्थापन गर्ने बताए ।

चालु आर्थिक वर्षमा खिनका सबै टोलमा सडक पुगाउने देखि थलातलसेरीको खानेपानि व्यवस्थापन र विद्यालयका भौतिक संरचनाहरुको संरक्षणमा ध्यान दिने बताए । धौलागोहको कहरदेव हुंदै खिन सम्मको सडकको काम तिव्रता दिएको स्थानिय सरकारले आन्तरिक शुसासन सम्बन्धि कार्यलाई व्यवस्थित गरेको अध्यक्ष रोकायाले बताए ।पालिकाकाे सबै भन्दा केन्द्र मानिएकाे वडा नम्बर ४काे छलाँहकाे नजिक रहेकाे कहरदेव जहाँ प्रहरी चाैकी छ साे स्थानमा सडक पहुँच पुगे स‌गै खिन सम्मकाे सडककाे काम शुरुवात भएकाे बताइएकाे छ ।

आगामि वर्ष पलांताको विकास र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याउने बताइएको छ । त्यसका लागि वडा स्तरबाट योजना निर्माणमा जनताको सहभागितामा छलफल तथा सुझावहरु ल्याउन निर्देशन दिइएको बताइएको छ । शिक्षाको योजनाका लागि कार्यक्रम गरिएको र अन्य शाखाहरुको समेत सोही अनुसार योजना बनाउन शुरु भएको पलांता गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित