पचालझरनाको खार्दु सडक संजालमा जोडियो,पचालझरना घुम्न सहज हुने

7
SHARES
15
VIEWS

कालीकोट । नेपालको अग्लो झरनाले चिनिने पचालझरनाको खार्दु गाउँ सडक संजाल संग जोडिएको छ । पचालझरनाको लाफा देखि खार्दु सम्मको सडकको काम आज सम्पन्न भएपछि गाउँमा गाडी पुगेका छन ।

पचालझरना गाउँ पालिका वडा न.३का वडा अध्यक्ष कृपलाल कठायत(दिलिप)का अनुसार लामो समयको अथक प्रयास पछि बल्लतल्ल सडक पुगेको बताए ।
यस कार्यमा सहयोग गर्ने पचालझरना गाउँ पालिका,प्रदेश सरकार र खार्दु बासिलाई धन्यवाद दिएका छन । उनले आफुले निर्वाचन ताका पहिलो विश्वास दिलाएको सडकको काम एक वर्ष पछि बाचा पुरा भएकोमा सबैको साथ रहेको बताए ।

कालीकोट जिल्लामा महत्वपूर्ण पर्यटकिय क्षेत्र रहेको पचालझरनामा आवतजावतमा सहज हुने अध्यक्ष कठायतले बताए । उनले भने अब जेष्ठ १० गते भित्र औपचारिक रुपमा उद्घाटन गर्ने तयारी भएको बताए ।
यस अघि विच बाटो सम्म मात्र सडक भएका कारण मोटरसाइकलको याताबाट छोटो दुरी हिड्ने पर्ने बाध्इता हटेको स्थानिय मुकेश विकले बताए । लामो समयको पर्खाइमा रहेका खाुर्द बासिका लागि सडक जोडिनुले ठुलो राहत भएको उनको भनाई रहेको छ ।
अब पचालझरनाका सबै वडामा सडकको पहुंच पुगेको छ । वडा न.१ र २मा सडक भएपनि आवतजावतमा सुचारु नभएपनि अन्य सबै वडाहरुमा सडकको सहजता आएको र यसलाई स्तरउन्नतिमा अबको प्राथमिकता रहेको पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित