कालीकोटका सांसद महेन्द्र बहादुर शाहीले संसदमा यसरी पाठ सिकाय

7
SHARES
15
VIEWS

काठमाडौं । सरकारले ल्याएको निति तथा कार्यक्रमको छलफलका क्रममा कालीकोटबाट निर्वाचित सांसद महेन्द्र बहादुर शाहीले निति तथा कार्यक्रम ५ वर्षको एक चोटी ल्याउनु पर्ने बताएका छन । संसदमा आफ्नो धारणा राख्दै कालीकोट जिल्लाबाट निर्वाचित संघिय सांसद शाहीले सिंगो राष्ट्रलाई अभोगतिमा लिन सबैले सरकारले ल्याएको निति तथा कार्यक्रम लेख्नेमा समस्या नरहेको तर कार्यन्वयनमा समस्या रहेकोमा कार्यन्वयनमा सबै लागि पर्नु आजको दायित्व भएको बताएका छन ।

सांसद शाहीले विगतमा निति तथा कार्यक्रम भन्दा वजेट फरक तरिकाले आउने गरेको स्मरण गर्दै अब त्यस्तो कार्य रोक्नु पर्नेमा जोड दिएका छन ।अर्काे प्रसंगमा सांसद शाहीले आफुलाई मन परेको समयमा जनयुद्धलाई महान भन्न पछि नपर्ने तर आफुलाई मन नपरेपछि नाम नसुन्ने प्रृबति गलत भएको बताए ।

विगतको सरकाले सम्पूर्ण काम गरेको जस्तो र अहिलेको सरकारले सबै ध्वस्त पारे जस्तो गर्नु राम्रो नभएको बताए । अहिलेको सरकारको सफलता र असफलता कुनै दल विशेषको नभएकाले राज्यको असफलता हुने बताउदै यो समयमा सबै राजनैतिक दल र नेताहरुलाई अग्नि परिक्षाका रुपमा लिएको बताए ।

नेपालि जनताले खोजेको तिव्र विकास हो व्यापक छलफल नगरेर केवल पूर्वाग्राही सोच राख्नु र एकले अर्काेलाई गालि गर्दैमा दिन जाने भएकाले विकास गर्नका लागि जनताले पठाएका हुन की गालि गर्न भन्ने प्रश्न समेत गरेका छन ।

विकासका लागि गुरु योजना बनाउन सबैको ध्यान जान जरुरी रहेको भन्दै देशमा सडक विस्तार कहाँ गर्ने,कति पुल हाल्ने,विद्युति करणमा के गर्ने,शिक्षा,स्वस्थ्यमा सुधार के के गर्नु पर्छ भन्ने बारेमा ध्यान जाुन पर्ने होइन र ?देशमा अर्थतन्त्र ओरालो लागेको अवस्थामा उकालोमा पुगाउन के गर्ने चिन्ता खोई ?अर्थतन्त्र माथि उकास्न लगानि कसरी भित्याउने,अन्तराष्ट्रिय लगानि कर्ताको बारेमा बहस गरेर ल्याउने प्रयत्न गर्ने,निजि क्षेत्रलाई प्रोत्साह गर्न सरकारी तवरबाट गर्नु पर्ने कामको बारेमा साझेदार गर्ने होकी ?१० मिनेट सम्म सम्बोधन गरेका सांसद शाहीले शुसासन कायम गर्न भष्ट्राचार न्युनिकरण गर्न न्यायपालिकालाई जोड दिएर अघि बढ्ने कुरा नै नेपालि जनताले खोजेको जिकिर गरेका हुन ।

तत्काल जनतालाई सडक,विद्युत,खानेपानि,स्वस्थ्य शिक्षा परिवर्तनको महसुस खोजेकाले सबैको चिन्ता त्यहिबाट हुने सांसद शाहीले संसदलाई जानकारी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित