उत्पादन र रोजगार केन्द्रित बजेट ल्याउछौं -पचालझरना अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहले आगामि वर्षको वजेटको तयारी शुरु गरेका छन । आगामि वर्ष २०८०।०८१का लागि निति तथा कार्यक्रम र बजेटको तयारी गरिरहदा पचालझरना गाउँ पालिकाले आगामि वर्षका लागि स्थानिय स्तरमा सुझाव माग्न थालेको छ भने सोही अनुसार निति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताइएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले चालु आर्थिक वर्षका योजनाको काम ९९ प्रतिशत सम्पन्न भएको बताएका छन ।

अध्यक्ष शाहीले गाउँ पालिकामा यस वर्ष सबै योजनाहरु सम्पन्न भएको र भुक्तानि समेत लिएको बताएका छन । उनका अनुसार ठुला तिन वटा योजना गाउँ पालिकाले साझेदारी गर्न श्रोत अभावमा काम नभएको बताएका छन । जसमा पचालझरना वडा न.१को चुलि पिठारा सिचाइ कुलो,खार्दु भारपाटा सडक,बांझकोट भारपाटाजोड्ने सडकको रकम फिर्ता जाने बताए ।

ति आयोजनामा १ करोड देखि ५ करोड साझेदारीमा गर्नु पर्ने भएकोले काम नभएको बताइएको छ । पचालझरना गाउँ पालिकामा चालु आर्थिक वर्षमा दशैं अघि पहिलो कामको सम्झौता गर्ने उपभो क्ता  समितिलाई गाउँ पालिकाले स्वागत समेत गरेको थियो । सोही अनुसार समयमै काम भएको तत्कालिन निमित्त प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र बमको भनाई रहेको छ ।

उपाध्यक्ष अल्किना बमले पालिकाका सबै योजनाहरुमा कामको गुणस्तर नभएका स्थानमा पुन काम गर्ने गरी निर्देशन दिएको र भएका काममा भुक्तानि प्रक्रिया अघि बढाएको बताइएको छ ।

पचालझरनाका हरेक योजनाहरुको प्राविधिक सहितको टोलिले अनुगमन गरेको उपाध्यक्ष बमको भनाई रहेको छ । पचालझरना गाउँ पालिका योजना अधिकृत कमल बहादुर बमले योजना समयमै सम्पन्न भएको र रकमको निकासा पूर्ण हुने वा नहुने बारेमा अन्यौलता रहेको बताएका छन ।

यस वर्षलाई मध्यनजर गरेर पचालझरना गाउँ पालिकाले आगामि वर्षमा जनतालाई उत्पादन संग जोड्नुका साथै रोजगार मुलक कामका लागि योजना बनाउने बताउदै सोही अनुसारको निति तथा कार्यक्रम र बजेट व्यवस्थापनमा जोड दिने बताएका छन ।

आइतवार कर्नालि संचार संग कुरा गर्दै अध्यक्ष शाहीले भौतिक संरचनाका लागि पालिकाको प्रशासनिक भवन भएर मात्र काम नहुने र आगामि वर्ष प्रत्येक वडा कार्यालयका भवनहरु सम्पन्न गर्ने देखि व्यवसायिक कृषि खेतिका लागि योजनाबद्ध अघि बढ्ने बताएका छन । पचालझरनामा पशुपालनलाई कसरी व्यवस्थित गरेर लैजाने भन्ने विषयमा प्राथमिकतामा राखेर योजना तय गर्न लागि परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित