कालीकोट । पलाता अस्पतालको काम तिव्र रुपमा अधि वढको छ। पलाता अस्पतालको कामको बारेमा आजस्थलगत रुपमा अनुगमन गरिएको छ। पलाता गाँउ पालिका अध्यक्ष विष्णु रोकाया सहितको टोलिले अनुगमन गरेको बताइएको छ ।
पलाता अस्पताल व्यावस्थानका अध्यक्ष मानसिंह बम , प्रमुख प्रशासकिय अधिकृत कर्मसिंह बम लगाएतका सरोकारवालाहरुको सहभागितामा अनुगमन गरिएको सहकर्मि धनबहादुर शार्की ले जानकारी दिएका छन । अध्यक्ष रोकायाले पलाता अस्पतालको भौतिक संरचना सम्पन्न भएपछि व्यावस्थित गरेर अघि बढ्ने विश्वास व्यक्त गरेको वताइएको छ।
पलातामा यस अघि जग्गा विवादका कारण टहरामा स्वास्थ्य सेवा प्रवाह आएको छ । पलाता अस्पतालबाट विशेषज्ञ चिकित्सक सहित पचालझरना गॉउ पालिका र छिमेकी जिल्ला बाजुराका समेतका विरामीको उपचार हुदै आएको छ ।
Discussion about this post