पचालझरनामा गणतन्त्र दिवसको अवसरमा कविता प्रतियोगिता

7
SHARES
15
VIEWS

कालीकोट ।गणतन्त्र दिवसको अवसरमा पचालझरनामा कविता प्रतियोगिता गरिएको छ । पचालझरना गाउँ पालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा अन्तर माध्यमिक विद्यालय स्तरिय कविता प्रतियोगिता गरिएको छ ।

शिक्षा शाखा प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विक सहित पालिकाका ८ वटा माविबाट छात्रा छात्रहरुको उपस्थिति रहेको बताइएको छ ।

नेपालमा गणतन्त्रको स्थापनाको अवसर पारेर संघिय व्यवस्था र गणतन्त्रले ल्याएको परिवर्तनका बारेमा कविता मार्फत विद्यार्थिहरुले प्रस्तुति गरेको शिक्षक तुलराज कठायतले बताएका छन ।

उत्कृष्ट विद्यार्थिहरुलाई पुरुस्कार समेत प्रदान गरिएको शिक्षा शाखा प्रमुख नमराज शाहीले बताए ।साहित्य क्षेत्रमा विद्यार्थिको ध्यान जाने र रचनात्मक कार्यले विद्यार्थिहरुको क्षमतामा विकास हुने भएकाले उक्त प्रतियोगिता गरिएको बताइएको छ । जिल्लाका विभिन्न स्थानिय तहले रचनात्मक कार्यक्रम गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित