एसियाकै अग्लो पुल कालीकोटको पलातामा बन्ने,स्थलगत सर्भे सहित प्रक्रिया शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा एक कलो मिटर भन्दा बढि उचाइमा झोलुंगे पुल बन्ने भएको छ। एसियाकै अग्लो पुल बन्ने दावि गरिएको छ । कालीकोट जिल्लाको पलाता गाउँ पालिकाको वडा नम्बर ७ र ८ को विचमा पर्ने जाज्जे देखि पालिका केन्द्र रानिविसौना सम्म ४ सय ५५ मिटर लामो र १२ सय ५८ मिटर उचाइमा  पुल बन्ने भएको पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले बताए।

अध्यक्ष रोकायाका अनुसार प्राविधिक सहितको टोलिले गरेका स्थलगत अध्ययन समुद्री सतहदेखि एक कि. मि.२ सय ५८ मिटर उचाइ रहेको बताएका छन।

यो पुलको अवस्था भाबि पार्ने असरका बारेमा थप अनुसन्धान गरी अघि बढने अध्यक्ष रोकायाको भनाइ रहेको छ । पलांतामा पुल बने भरापछि यहाँका स्थानियको आवतजावतमा सहजता आउने अनुमान गरिएको छ । जनप्रतिनिधि, प्राविधिक सहितको टोलीले पहिलो चरणमा गरेको सर्भेमा उक्त स्थानमा पूल बन्ने  सम्भावनालाई मध्यनजर गर्द अब  प्रकिया अघि बढाइने भएक पलाता गाउँ पालिकाले जनाको छ । सो पुल बन्ने भएपछि सर्वत्र चर्चाको विषय बनेको छ । स्थानिय धिर बहादुर भण्डारीले पहिलो वर्ष कामको लागि बामे सारेको पलाताले दोस्रो वर्ष महत्वपूर्ण काम अघि सारेको बताएका छन ।

त्यसै गरी विद्यार्थी नेता सुरेश प्याकुरेल ऊक्त पुल बन्ने भएपछि आफुले एक महिना सम्म श्रमदान गर्ने वताएका छन। पलाता गाउँ पालीका वडा नम्बर १ का पूर्व वडा अध्यक्ष एवंम नेकपा (माओवादी केद्र) पलाता इन्चार्ज मान बहादुर भण्डारीले पर्यटन क्षेत्रमा यस पुलले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आवश्यक प्रक्रिया अघि बढाउनु पर्ने बताएका छन।

स्थानीय महेन्द्र बमले नेपाल कै अग्लो पुल बन्नु पलाता गाउ पालिकाकोे ऐतिहासिक काम भएको बताउदै जसरी भएपनि ५ वर्ष भित्र सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन।

नेपालको सबै भन्दा अग्लो तथा एसियाको अग्लो पुलका रुपमा तल्लो मनाङको नासों गाउँपालिका २, नाचै र ५ थोंचे ताम्राङ जोड्न बनाइएको झोलुंगे पुल रहेको  छ । मनाङको डोना खोलामाथि निर्माण गरिएको उक्त झोलुंगे पुल निर्माण भएको ३ वर्षपछि यसको उचाईको नाप लिइएको हो ।  उक्त पुलको उचाई नाप्दा पुलको बीच भागबाट पानीको सतहसम्म ४ सय १२ मिटर उचाई रहेको छ । नेपालको सो पुल विश्वको पाँचौ स्थानमा पर्दछ ।

हालसम्म विश्वको तथ्याङ्क हेर्दा सबैभन्दा अग्लो पुल चीनमा छ । चीनको डुङ्ग्रे ब्रिज ५ सय ६५ मिटर अग्लो छ । त्यस्तै, चीनकै सिदु पुल ४९६, पुल्ली पुल ४ सय८५, एचीपुल ४ सय ३४ मिटर अग्लो रहेको छ । पांचौ पुल नेपालको मनाङ जिल्लाको नासों गाउँपालिका २, नाचै र ५ थोंचे ताम्राङ जोड्न पुल ४ सय १२ मिटर अग्लो रहेको छ ।

कालिकोट जिल्लाको पलातामा बन्ने सो पुल बने पछि विश्वको अग्लो डुङ्ग्रे ब्रिज भन्दा ६ सय ९३ मिटर उचाई बढि हुने पाइएको छ । यदि सो पुल निर्माण सम्पन्न भएमा एसियाको मात्र नभइ विश्वको अग्लो पुल हुने दावि गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित