कालीकोट ।जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घाेषणा भएकाे नि आज १६ बर्ष पुगेछ । हिजाे जात साेध्नेहरू आज थर साेध्छन, जातीय विभेदकाे स्वरूप बदलिएको छ तर विभेद कायमै छ । अन्तरजातीय बिवाह गर्न प्रयास गर्न खाेज्नेहरू नवराज वि.क. भए भने काेही बलात्कारकाे आराेपमा कारागारमा छन, अधिकांस द्वन्द्व कालिन अन्तरजातीय बिवाह हरू भत्किसकेका छन ।
माओवादी जनयुद्ध हाेस या अन्य क्रान्ति, हरेक राजनितीक दलले दलितका मुद्दा र छुवाछुत तथा जातीय विभेदलाई आन्दाेलन सफल पार्न तथा समाजकाे उपेक्षित वर्ग र समुदायलाई उसकाे भावनासंग खेलेर आन्दाेलनकाे एजेन्डा त बनाए तर गन्तव्यमा कसैले पुर्याएनन् तथा पुर्याउन नै चाहेनन् ।
२०४६ काे जनआन्दोलन, दस बर्षे जनयुद्ध र २०६२/६३ काे जनआन्दोलन २ ले चाहेर नचाहेर, द्वन्द्वरत पक्षकाे शक्ति केन्द्रिकरण गर्न दलित लगायत जातिय विभेद र छुवाछूतका मुद्दालाई मुख्य ऐजेण्डा बनाए जसकाे कारण हरेक युद्द वा आन्दाेलनमा महिला, जनजाति, दलित तथा पिक्षडियकाे क्षेत्रका नागरिककाे व्यापक सहयाेग र सहभागिता भयाे ।
जसले एक हदसम्म नागरिकमा विभेद र असमानताका विरूद्व चेतना विकास र जातीय विभेद तथा छुवाछूत न्यूनीकरण काम गरेकाे पाइन्छ , तथापी अहिले तिनै दलका कुनैपनी औपचारिक फाेरम जातीय विभेद र छुवाछूतका विषयमा छलफल कुराकानी नै हुदैनन् तिनका दलित लक्षित भातृ संगठन बाहेक ।
अझ कतिपय ती दलका पदाधिकारी, नेता कार्यकर्ता त अहिले जातीय छुवाछुत र विभेदका विषय सुन्नसम्म चाहदैनन् । जहाँ अहिले याे विभेद र छुवाछुतकाे मुद्दा दलित समुदायकाे मात्र मुद्दा हाे भन्ने बुझाइ रहेकाे पाइन्छ तथापी जबसम्म राज्य संयन्त्रले यसलाई सिंगाे देशकाे समस्या वा मुद्दा मान्दैन तबसम्म नेपालकाे विकास र समृद्धीकाे मार्ग तेति नेै चुनीपूर्ण हुनेछ ।
विभक्त मानसिकताले भरिएकाे समाजले कहिलै पनि गुणात्मक र अपेक्षित परिमाणात्मक नतिजा दिन सक्दैन । कानून बनाउदैमा, एकदुई जना दाेषि करार हुदैमा खासै तात्विक फरक पर्ने अवस्था छैन तसर्थ विद्यमान कानूनकाे कडाईकाे साथ कार्यान्वयन गरिनु पर्दछ भने अर्काेतर्फ विभेद र उपेक्षित समुदायकाे आवाजलाई राज्य नै सशक्त बनाइनु पर्दछ र नागरिक चेतनाकाे क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ ।
जातिय विभेदकाे जराे विशेष गरेर हिन्दु धर्मभित्रकाे जात व्यवस्थामा रहेकाे छ जसलाई धार्मिक संरक्षण र अभिभावकत्व प्राप्त भै रहेकै छ ।
यदी याे २१ औं शताब्दीकाे कलंकलाई जराे देखि नै फाल्ने हाे भने जात व्यवस्थालाई ढाल्न जरूरी छ भने हिन्दु धर्ममा व्यापक सुधार जरूरी छ । त्यसैले अबकाे क्रान्तिकाे कार्यदिशा आर्थिक समृद्धि सहित सामाजिक तथा सांस्कृतिक क्रान्ति हुनुपर्दछ ।
लेखक :पूर्ण बहादुर विक पचाल झरना गाउ पालिका प्रमुख प्रशासकिय अधिकृत दुना
Discussion about this post