Skip

News Portal

  • तिलागुफामा नरेन्द्र स्मृति कप खेलकुदमा विजेता शुभकालिका

    कर्नालीसंचार संवाददाता२२ जेष्ठ
    २३६ पटक
    २२ जेष्ठ

    कालीकोट। तिलागुफामा संचालित  “नरेन्द्र स्मृति कप ” खुला भलिवल प्रतियोगितामा शुभकालिका प्रथम अर्थात विजेता घोषित भएको छ।

    राष्ट्रिय खेलाडी नरेन्द्र शाहीको सम्झनामा शुरु भएको पुरुष खुला भलिबल तर्फ ८ वटा समुह मध्ये शुभकालिका प्रमुख विजेता घोषित भएको र उप विजेतामा खांडाचक्र नगरपालिका रहेको छ। तिलागुफा नगरपालिका ले बजेडीचौरमा आयोजना गरेको खेलमा सहभागिलाई सम्मान समेत गरिएको बताइएको छ ।

    तिलागुफा निवासी स्वर्गिय नरेन्द्र शाही भलिबल क्षेत्रमा राष्ट्रिय खेलाडी हुन । उनको सम्झनामा विभिन्न खेल आयोजना हुदै आएको छ। आगामी दिनमा खेलक्षेत्रमा गतिविधिहरु जारी राख्ने नगर उपप्रमुख महेन्द्र शाहीले बताएका छन।

    प्रतिकृया दिनुहोस्