कालीकोट । चालु आर्थिक वर्ष २०७९/ २०८० काम कारवाहीको प्रगतिका बारेमा सान्नित्रिवेणी गाउँ पालिकाले सार्वजनिक सुनुवाई शुरु गरेको छ ।
सान्निवेणी गाउँ पालिकाको आयोजना तथा रेडियो प्रदेश आवाज , रेडियो सान्नी त्रिवेणी र रेडियो नयाँ कर्नाली एफ एम को समन्वयमा सार्वजनिक सुनुवाई तथा रेडियो बहस कार्यक्रम शुरु भएको हो ।
सान्नी त्रिवेणि गाउँ पालिका अध्यक्ष मोहन केेसी , उपाध्यक्ष पार्वती सिंह, रेडियाका प्रतिनिधि ,वडा अध्यक्ष तथा समुदायको सहभागितामा सार्वजनीक सुनुवाई गरिएको हो। सान्नी त्रिवेणि गाउँ पालिका वडा नम्बर १ ,२,७ र ८ मा सम्पन्न भएको र वाँकी वडामा यहि महिना भित्र सम्पन्न गर्ने बताइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम मा आगामी वर्षमा गरिने नामको बारेमा जानकारी गरिएक छ ।
Discussion about this post