ललित कला विधाबाट कालीकोटका सिंह सम्मानित हुने

7
SHARES
15
VIEWS

कालीकोट,असार । ललित कला केन्द्रले आयोजना गरेको कला साहित्य कार्यक्रममा कालीकोटका भिम बहादुर सिंह सम्मानित हुने भएका छन ।

ललित कला विधामा कर्नालि प्रदेशका तर्फबाट साविक ओदानकु ४ हालको महावै ३ सिमखेत कालीकोट निवासि भिम बहादुर सिंह  राष्ट्रिय प्रतिभा पुरुस्कार द्धारा सम्मानित हुने भएका हुन ।लामो समय देखि कला क्षेत्रमा काम गर्दै आउनु भएको छ । कलाको सम्मान गरेकोमा आफु खुशि भएको बताउदै जिवनमा नसोचेको इच्छा पुरा हुने दिन आउने रहेछन । सिंह आर्ट मार्फत होर्डिङ्ग बोर्ड,व्यानर मात्र नभई चित्रहरु कोर्र्दै आउनु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले जारी गरेको सुचनामा जनाइएको छ । मन्त्रालयका अनुसार भाषा साहित्य,ललितकला,संगित तथा नाट्य र सांस्कृति विधामा सबै प्रदेशको प्रतिनिधित्व हुने गरी सम्मानित सिफारिस गरिएको छ ।
ललित कलाबाट कालीकोटका भिम बहादुर सिंह,संगित तथा नाट्य विधामा कृपराम धमाला,सांस्कृति विधामा जुम्लाका बासुदेव उपाध्याय, भाषा साहित्य तर्फ जुम्लाका ओम प्रकाश आचार्यलाई राष्ट्रिय प्रतिभा पुरुस्कारबाट सम्मानित हुने बताइएको छ ।

मन्त्राललय २०५१ साल देखि भाषा तथा कला क्षेत्रको प्रवद्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरिएको छ । सम्मानित व्यक्तिलाई एक लाखको पुरुस्कार राशि रहेको बताइएको छ ।

सिफारिस गरेका साहित्य तथा कला विधा तर्फका प्रतिनिधिहरुलाई असार २२४ गते पर्यटन मन्त्रालयले सम्माने गर्ने कार्यक्रम राखेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित