पलातामा सामुदायिक विद्यालय व्यवस्थापन महासंघ अध्यक्षमा न्यौपाने

7
SHARES
15
VIEWS

कालीकोट । पलातामा सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ नेपालको पलातामा पालिका सामिति गठन भएको छ । महासंघ का केन्द्रिय वरिष्ठ उपाध्यक्ष खडग राज सेजुवालको उपस्थितिमा पलाताका सामुदायिक विद्यालयका अध्यक्षहरूको उपस्थितिमा भएको कार्यक्रमबाट भिम प्रसाद न्यौपानेको अध्यक्षतामा १५ सदस्य समिति गठन भएको बताइएको छ ।

उक्त समितिको उपाध्यक्षमा घोकर्ण वुढा, सचिव मदन रोकाया, सहसचिव सल्लिझुपा  विटालु र कोषाध्यक्षमा परिमल वि.क रहेको बताइएको छ। सो कार्यक्रममा पलाता गांउ पालिका अध्यक्ष विष्णु रोकाया , शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी लगाएतको सहभागिता रहेकाे सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन।

महासंघ का केन्द्रीय वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवालले ग्रामिण क्षेत्रमा शिक्षालाई गुणस्तर कायम गर्न विद्यालय व्यावस्थापन समिति को महत्वपूर्ण जिम्मेवारी रहेकाले सहि ढंगले लागि पर्नु पर्ने बताउँदै नयाँ समितिलाई वधाई दिएका छन।

महासंघले सबै पालिकामा समिति गठन गर्ने योजना रहेको र पलाता बाट शुरुवात गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित