डाक्टर सुनारको नेतृत्वमा डोल्पा पूर्ण खोप सुनिश्चीता घोषणा हुने तयारी

7
SHARES
15
VIEWS

कालीकोट। डाक्टर रत्नविर सुनार  डोल्पा गए संगै स्वास्थ्य क्षेत्रमा फड्को  मार्न थालेको छ । स्वास्थ्य क्षेत्रमा लामो अनुभवि डाक्टर रत्नविर सुनार कालीकोटबाट विकट जिल्ला डोल्पा गए संगै गतिविधि तिव्र हुन थालेका छन।

डोल्पा जिल्लामा २ नगरपालिका र ६ गॉउ पालिका रहेको डोल्पामा ४ स्थानिय तह पूर्ण खोप सुनिश्चितता भइ सकेका छन भने अन्या स्थानिय तहमा  यस वर्ष भित्र प्रक्रिया अघि बढेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका व्यावस्थापक डाक्टर रत्नविर सुनारले बताए।

डाक्टर रत्नविर सुनार  कालीकोट रहदा जिल्लालाई गएको अषार ३० गते पूर्ण खोप सुनिश्चितता घोषणा गराउन सफल हुनुका साथै स्वास्थ्य क्षेत्रमा कालीकोटलाई कर्नाली प्रदेशको दोस्रो स्थानमा ल्याउन सफल भएका थिए ।

डाक्टर सुनार को नेतृत्वमा डोल्पाका त्रिपुरासुन्दरी नगरपालिका, जगदुल्ला,मुडकेचुला गाउँ पालिकालाइ पूर्ण खोप सुनिश्चिता घोषणा गर्न सफल रहेको र आज (शनिवार ) ठुलो भेरी नगर पालिकालाई अषार ५ गते मित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न  लागिएको बताइएको छ ।

डोल्पाका वाँकी ४ स्थानिय तह मा तिव्रता दिएको छ। डाक्टर सुनारका अनुुसार डोल्पालाई चालु आर्थिक वर्ष भित्र पूर्ण खोप सुनिश्चितता घोषणाको तयारी भएको बताएका छन । अहिले सबै पालिकामा युद्धस्तरमा सम्पूूर्ण स्वास्थ्य जनशक्ती लागि परेेको छ। नेपालको भौगोलिक रुपमा विकट र  दुुर्गम डोल्पा मा स्वास्थ्य अवस्थामा सुधार हुने क्रममा रहेेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित