पलातामा माओवादी कार्यक्रता द्वारा श्रमदान,जिल्लाकै नमुना कामको थालनि

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र)पलाता गाउँ पालिका वडा नम्बर  २ धौलागोहले  बिकास निर्माणका  काममा श्रमदान गुम गरेको छ ।

नेकपा (माओवादी केन्द्र ) पलाता २को जेष्ठ १९ गते बसेको वडा कमिटीको बैठक को निर्णय अनुसार शनिबारको समयलाई सदुपयोग गर्दै पलाता २को थला तल्सेरी गड्गढे खानेपानी योजनाको काममा सहभागि भएर श्रमदान गरेको पलाता गाउँ पालिका उपाध्यक्ष देब बिकले बताए।

पलातमा भएको श्रमदानमा गाउँ कमिटी सदस्य नौलासिह दमाई, रङमान बि,क, जनप्रतिनिधि वडा सदस्य बिस्नलाल प्याकुरेल, सहिद परिवार तथा वडा कमिटी सदस्य चन्द बि,क, एकीकृत अखिल नेपाल शिक्षक संगठन पलाताका उपाध्यक्ष धनकर्ण बि,क, वडा कमिटी सदस्य तथा पलाता २ वडा का कर्मचारी रन बि,क लगायतको उपस्थितिमा श्रमदान गरिएको बताइएकाे छ ।

उक्त श्रमदानमा  सहभागी धनकर्ण वि.क का अनुसार श्रमदान कार्यक्रमले जिल्लाकै नयाँ सन्देश दिएको वताए। पलाता गाउँ कमिटी अध्यक्ष ऐनराज महताराले सवै तहका समितिमा जनश्रमदान कार्य अघि बढाइएको बताएका छन् ।

पलाता गाँउ पालिका अध्यक्ष विष्णु रोकायाले हरेक पार्टी कार्यक्रता हरुले जनश्रमदानको थालनी गर्नु पर्ने बताए ।

हरेक पार्टी कार्यक्रताहरुलाई बसि खान्छन भन्ने भ्रम हटाएको नेकपा (माओवादी केद्र) पलाताले नयाँ सन्देश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित