मान्म बजारमा दुधको अभाव

7
SHARES
15
VIEWS

कालीकोट । कुनै समय बजारमा दुध विक्री नहुने मान्म बजारमा पछिल्लो समय दुधको अभाव हुन थालेको छ। जिल्लाको एक मात्र हिमचुली डेरीमा कृषकहरुबाट आउने दुधको कमि भएपछी ग्राहकले दुध पाउन समस्या भएको हो।

कृषकहर घर घरमा ल्याएर न्यून गुणस्तरमा दुध दिने क्रम जारी रहेकाले डेरीमा दुध अभाव हुन थालेको हो। दुध डेरीमा दुध दिने कृषकलाई कर्नाली प्रदेश सरकारले कृषक प्रोत्साहन वापत प्रति लिटर १० रुपैया उपलब्ध गराउन थालेपछि डेरीमा दुध दिने क्रम बढेपनि हिउदको समयमा दुध अभाव हुन थालेको डेरी व्यवस्थापक जयकृष्ण आचार्यले बताए। पछिल्लो समयमा दुधको अभाव भएसंगै ग्राहकको लाइन लाग्ने क्रम बढेको आचार्यको भनाइ रहेको छ ।
स्थानिय ग्राहक मुनपुरा बमले दुध आवश्याक परेको समयमा पाउन कठिन भएको बताइन । होटलमा ग्राहकहरु आएको समय दुधको नभएपछि कठिन हुने गरेको बमले बताइन् ।
अहिले डेरीमा दैनिक ३ देखि ४ सय लिटर मात्र संकलन हुने र दुध दहिको बजारमा माग बढेकाले समस्या आएको सस्थाका मुख्य व्यावस्थापक जगेन्द्र आचार्यले बताइए । उनका अनुसार टाढाको दुध संकलन गर्न ढुवानिको साधन नहुँदा संकलन गर्न कठिन भएकाले संस्थाले समयमै व्यावस्थापनमा लागेको आचार्यको भनाइ रहेको छ ।

जिल्लाको शुभकालिका,नरहरीनाथ सान्नित्रिवेणी गाउँ पालिकामा अत्यधिक दुध पाउने भएपनि यातायातको साधन नहुदा ल्याउन नसकेको हुँदा आगामी वर्ष सम्भावना रहेको बताइएको छ ।

हिमचुली कृषि सहकारी संस्था लि.ले मान्म बजारमा स्थानिय कृषि वस्तु संकलन गर्दै आएक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित