जनकल्याण सहकारीको साधारण सभा सम्पन्न,अध्यक्षमा दिपक बटाला

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा रहेको श्री जनकल्याण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्था लि.को १३ औँ वार्षिक साधारणसभा बाट दिपक वटाला अध्यक्षमा सर्वसम्मत भएका छन। नरहरीनाथ गाउँ पालिकाको वडा न.३ मा रहेको उक्त सहकारी का सचिव रहेका बटाला चयन भएका छन ।

विं.स २०६६ साल जेठ २८ गते स्थापना भएको जनकल्याण स्वावलम्बन बहुउदेश्यीय सहकारीका अध्यक्ष हिरामणी उपाध्यायको सभाध्यक्षता नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बिष्ट ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको १३ औँ साधारण सभा बाट नयाँ संचालक उपाध्यक्ष खगेन्द्र उपाध्याय,कोषाध्यक्ष सरिता बिष्ट,सचिवमा शंकर प्रसाद उपाध्याय लगाएत ११ सदस्यिय कार्यसमिती चयन भएको अध्यक्ष वटालाले बताए ।

उक्त सहकारीको पूर्व अध्यक्ष हिरामणी उपाध्याय संरक्षक रुपमा रहने भएको बताइएको छ । साधारण सभाबाट विभिन्न उप समिति गठन गरिएका छन ।

नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्टले उद्घाटन गर्दै सहकारी संस्थाले छरिएको पुंजिलाइ एकिकृत ढंगले किसानहरुको आयआर्जनमा ठुलो सहयोग गरेको र आगामी दिनमा संस्थाले सदस्यको जिविको पार्जन गरी परिवर्तन गर्ने आशा लिएको वताउदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्न प्रतिवद्धता समेत गरेका छन्।

संस्थाका संरक्षक समेत रहेका पूर्व अध्यक्ष हिरामणि उपाध्यायले विघठन हुन लागेको सहकारीलाई यहाँ सम्म पुगाएको स्मरण गर्दै आगामी दिनमा आफ्नो पूर्ण सहयोग रहने वताएका छन्।

साधारणसभामा सहकारी संस्थाको आर्थिक तथा प्रशासनिक प्रतिबेदन प्रस्तुत गरिएको हो । हाल सम्म ६७ लाख बराबरको आर्थिक कारोवार रहेको जनाइएको छ ।

साधारण सभाबाट सहकारी संस्थाको संचालनका लागी बिभिन्न निति नियम तथा नियमावलीहरु पारित समेत गरेको जनाइएको छ । आगामी वर्ष सस्थाको कार्यक्षेत्र विस्तार गर्ने,सहकारीको दिगोपनाका लागी नयाँ रणनितिक योजना समेत बनाउने योजना रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित