पचालझरनामा जहाँ समस्या छ त्यहाँ पहिलो प्राथमिकता राखौं-प्रथम अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाँउ पालिका प्रथम अध्यक्ष खडगराज सेजुवालले जहाँ समस्या छन त्यहाँ पहिलो प्राथमिकतामा बजेट व्यवस्थापन गर्नु पर्ने बताएका छन । पचालझरना गाउँ पालिकाले आगामि वर्षको निति तथा कार्यक्रमलाई सहज गर्न पुर्व जनप्रतिनधिहरु संगको सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पचालझरना गाउँ पालिका अध्यक्ष तथा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष खडगराज सेजुवालले सो कुरा बताएका हुन । उनले पहिलो स्थानिय सरकार संचालनमा आएका चुनौतिको स्मरण गर्दै बाधा व्यवधानको सामना गर्न सफल भएको र अहिले सहजताका साथ काम गर्ने वातावरण भएको बताएका छन । पचालझरनाको सम्बृद्धिका लागि अल्पमत बहुमतको कुनै पनि आवाज नउठेर काम गरेकाले अहिले पनि सोही अनुसार मेरो वडामा बढि बजेट भनेर तानातान समेत नगर्न आग्रह गरेको बताइएको छ ।उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व जतप्रतिनिधिहरुले विगतको भन्दा अहिले स्थानिय सरकारले महत्वपूर्ण काम गर्नु पर्ने र विना भेदभावका साथ अघि बढ्न जनप्रतिििनधिलाई आग्रह गरेका छन । पचालझरना गाउँ पालिका वडा न.३का पूर्व वडा अध्यक्ष लोकजन कठायतले पर्यटन सरंक्षण देखि कृषिमा विशेष जोड दिन अनुरोध गरेका छन । उक्त अन्तरक्रिया कार्यक्रममा पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाही,उपाध्यक्ष अल्किना बम,प्रमुख प्रशासकिय अधिृकत पूर्व बहादुर विक लगाएतका सरोकारवालाको उपस्थितिरहेको बताइएको छ । पचालझरना गाउँ पालिकाले विगतमा राज्नैतिक दल,सरोकारवाला निकायका प्रतिनिधिहरुको रोहबरमा विभिन्न कार्यक्रम गर्दै आएको बताइएको छ । यस अघि सार्वजनिक रुपमा सुझाव पेशका लागि सुचना जाारी गरेको पचालझरनाले अन्तरक्रिया मार्फत सुझाव संकलन गरेर सो सुझाव अनुसार निति तथा कार्यक्रम र बजेट बनाउन सहज हुनेमा आफु विश्वस्त रहेको अध्यक्ष देवराज शाहीले बताएका छन ।

पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले अन्तरक्रिया कार्यक्रममा महज्त्वपूर्ण सुझावहरु आएको बताउदै सहभागि सबैलाई धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित