रास्कोट एक लहरेलालाई बालश्रम मुक्त वडा घोषण 

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको वडा न.१लाई वाल श्रम मुक्त वडा घोषणा गरिएको छ । रास्कोट नगरपालिका र युनिसेफ नेपालको साझेदारीमा वडा न.१लाई वालश्रम मुक्त वडा घोषणा गरिएको हो ।

रास्कोट नगरपालिका वडा न.१का वडा अध्यक्ष उदैराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही,उपप्रमुख मनिराज बराल, पूर्व उपप्रमुख मिमसरा बम(शाही),नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख तथा विभिन्न वडाका वडा अध्यक्ष,युनिसेफका प्रतिनिधि तथा वालवालिकाका साथै समुदायको उपस्थितिमा भएको कार्यक्रममा समुदायले बालश्रम हुने कुनै पनि काम वालवालिका नगराउने प्रतिवद्धता जनाएको बताइएको छ ।

त्यसै गरी रास्कोट नगरपालिकाका सबै वडालाई वालश्रम मुक्त घोषणा गरेर रास्कोट नगरपालिकालाई वाल श्रममुक्त वडा घोषणा गर्ने तयारी रहेको वडा अध्यक्ष मन तिरुवाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित