Skip

News Portal

  • प्रेस युनियन कालीकोट अध्यक्षमा योगी

    कर्नालीसंचार संवाददाता३१ जेष्ठ
    ५८३ पटक
    ३१ जेष्ठ

    कालीकोट । नेपाली कांग्रेस निकट प्रेस संगठन नेपाल प्रेस युनियन कालीकाेटकाे अध्यक्षमा नमराज योगी सर्वसम्मत भएका छन ।
    मंगलबार सम्पन्न पाँचाै जिल्ला अधिवेशनबाट जिल्ला कार्य समिति सर्बसम्मत निर्वाचित भएको बताइएको छ ।
    त्यसै गरी उपाध्यक्ष पुष्पराज भट्टराई, महिला उपाध्यक्ष साधना शाही, सचिव प्रेम प्रकाश शाही, सहसचिव ललित बैजालि, कोषाध्यक्ष भुपेन्द्र बम सहित ९ सदस्य कार्यसमिति सर्वसम्मत भएको जनाइएको छ ।
    पांचौ जिल्ला अधिवेशनमा नेपाली कांग्रेस कर्नाली प्रदेशका उपसभापति काली बहादुर सहकारी, जिल्ला सभापति अम्म बहादुर शाही लगाएतका नेताहरुको सहभागिता रहेको थियो।
    यस अघि विवादमा रहेको जिल्ला कार्य समितिमा यस पटक विवादरहित नेतृत्व चयन भएकोमा एकताको सन्देश सहित अधिवेशन सम्पन्न भएको नेपाल चेम्वर्स अफ कमर्स का जिल्ला अध्यक्ष हस्त बमले वधाइ दिएका छन ।

    प्रतिकृया दिनुहोस्