कालीकोट । पलाता अस्पतालमा क्षयरोग सम्बन्धि स्वास्थ्या शिविर हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कालीकोट र किड्स नेपालको प्राविधिक सहयोग तथा पलाता गाँउ पालिकाको आयोजनामा पलाता अस्पतालमा एक दिने (जेष्ठ ३२) आज क्षयरोग शिविर संचालन हुने पलाता अस्पतालका निमित्त व्यवस्थापक तथा जनस्वास्थ निरीक्षक हिमाल सज्यालले बताए ।
शिविरमा जिल्ला स्वास्थ्य कार्यालय कालीकोटबाट विशेषज्ञ चिकित्सकको सहभागिता रहने बताइएको छ। शिविरमा सहभागि हुन पलाता अस्पाताल सवैलाई सुचना गरेको छ ।
Discussion about this post