संघियताको हिमायति माओवादी जनयुद्ध हो – बासिन्दा

7
SHARES
15
VIEWS

पुष्ठभूमि : विशेषत जनयुद्ध नै नेपालको लागि नयाँ र यूग सुहाउदो आन्दोलन नै हो । विक्रम सम्बत २०५२ साल फागुन १ गते जनयुद्ध सुरू गर्नुभन्दा अगाडि राष्ट्रियता,जनतन्त्र र जनजिबिका का सामस्य सँग सम्बन्धित ४१ सुत्रीय माग तत्कालीन एकतन्त्रीय निरङकुस तत्कालन श्री ५को सरकारलाई नेकपा (माओवादी)ले माग राख्दा कुनै सुनुवाइ नगरी रद्दीको टोकरिमा फ्यक्दा बाध्य भयर त्यो एजेन्डा पूरा गर्न महान जनयुद्ध गर्नु परेको थियो माओवादी पार्टीलाई र त्यसको नेतृत्व प्रचण्ड ,किरण,बाबुराम ,बिप्लव लागायत टिमलाई १० बर्षे महान जनयुद्ध र त्यसको जग्गामा भएको ०६२/०६३ को१९ दिने ऐतिहासिक जनआन्दोलन र ठुलो बलिदान त्यग तपस्या पश्चात् तिनै मागहरू राज्यले मान्नु परेको थियो ।

स्मरण रहोस् त्यो महासङग्राम १०बर्ष चल्ने क्रममा नेपाल को ८०%भु भागमा जनसत्ता सँञ्चालन भएको थियो । पुरानो निरँङकुस एकतन्त्रीय सामन्ती सत्तासदरमुकाम र राजधानी मा खुम्चियको थियोे । सँधै राजाको पाउमा दामचढायर निगाहा मा प्रधानमन्त्री,मन्त्री हुने र निरङकुसताको दासको रूपमा सेवा गर्ने एक जातिय ,एक धर्म मा आधारित सत्ता चलाउथे। यहि प्रचण्डको नेतृत्वमा चलेको जन्युद्द ले नेपाल राज्य लाई २५० बर्ष देखिको निरङकुसता बाट मुक्त गर्न राज्यको पुनर्संरचना गरि सँघिय लोकतान्त्रिक गणतन्त्र नेपाल बनाउन अधिकार सम्पन्न ३ तहका सरकार को ब्यबस्थापन र सँचालन गर्न जातिय,क्षेत्रीय , धार्मिक स्वतन्त्रताको लागि समानुपातिक ,समाबेशि, धर्म निरपेक्ष कानुनी राज्यको ब्यबस्था बानाउने गरि तत्कालीन माओवादी र ७ दल बिच १२ बुदे सहमति हुदा ७ दलका केहि नेताहरू लाई ज्यलमा कोचे र तर्सायको बेला माओवादी कै बलमा पिलिजस्ता ब्यरेक लगायत देशै भरि जनमुक्ति सेनालृे ठोक्दा थुनेका नेताहरू मुक्त गर्ने सर्तमा आक्रमण स्थगित गरि ज्यल मुक्त गराइएको थियोे यिनै प्रचण्डले ।

अहिले को जातिय,क्षेत्रीय लिङ्गिय भेदभाव मुक्त समाबेसि समानुपातिक सहभागी ता सहितको नेपाल जस्तै – पालिका मा दल्ले उम्मेदवार उठाउदा अध्यक्ष ,उपाध्यक्ष मा१ महिला । सँसदको चुनावमा ३३% महिला उम्मेदवार , जनख्यको अनुपातमा समाबेशि कोटा मन्त्री मँण्डल गठन गर्दा समाबेसि ,समानुपातिक गर्ने ब्यबस्था ।राष्ट्रपति र उपराष्ट्रपति मध्य फरक लिङ्ग फरक दल र फरक समुदायको हुने ब्यबस्था सभामुख उपसभामुख १ महिला । समग्र क्षेत्र को लोकसेवा मा समबेसि समानुपातिक ब्यबस्था आदि,आदि बनाउन माओवादी पार्टी जीवन मरणको लडाइँ लडेको बेला आतंककारी घोषणा गरि प्रचण्ड लगायत नेताहरू को टाउको को मुल्या ५० लाख र अन्यको बरियता अनुसार माओवादी नेता कार्यकर्ताहरू का मूल्य तोकिएको थियोे ।
ठिक यहिबेला कतिपय माओवादी कार्यकर्ता हतियार सहित आत्मसमर्पण गरेको खबर आउथ्यो र त्यी बेलाको सरकार का मान्छे सदरमुकाम , ब्यारेक र राजधानीमा खुसियाली मनाउथे र अब माओवादी सकिन यतिदीन यतिमहिना बाकि भनेर समय तोक्थे । कतिपय तत्कालीन शाहिसेना,प्रहरी बाट सयौंको सँख्यमा हात हतियार सहित माओवादी मा प्रबेश गर्थे र विभिन्न दलका नेता कार्यकर्ता हरू पनि हजारौंको सँख्य मा गर्थे जे होस क्रान्तिकारी भित्री ने र अबसर बादि हरू बाहिरीने क्रम चलिनै रयो ।
यता माओवादी भने चिनिया क. नेता माओ ले बिचार सहि र गलत हुनुले सबै थोकको निर्धारण गर्छ यदि बिचार र राजनीति र नेतृत्व सहि छ भने आबस्यक सबै चिजप्राप्त हुन्छ खराब छ भने प्राप्त चिज पनि घुम्छ ठिक यहि भैराथियो नेपाल मा पुरानो को घुमि रा थियो भने माओवादी को प्राप्त भै रा थियो स्यालहुइयाँ ले माओवादी झन बलियो भयको थियो ।
ठिक अहिले सँघिय गणतन्त्र दुईवटा चुनाव सम्पन्न पछि झन सुदृढ र बिस्तार हुदै छ भने १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन निरङकुशता का बिरूध चलेको बेला उदार देखियका राजा आफ्नै परिवार को उपस्थितिमा बिरेन्द्रको बँस नास गरि चियान घाटमा २०५८ ज्यष्ठ १९ गते ज्ञानेन्द्र शाह ले दागबत्ती दियर अन्त्यष्टि भएको राजतन्त्र का भुत हरू पुन राजा ल्याउने भन्दैछन्

१ नँ मा जुम्ला का ज्ञानेन्द्र शाहि मान्छे हौ भने अहिले तपाईं ले जुन बोल्ने अधिकार पायका छौ र जुन ब्यबस्था प्रयोग गरि जुम्लाको इमानदार जनता झुक्याएर र साँसद भयका छौ त्यो ब्यबस्था का बिरूद त्यो ब्यबस्थ ल्याउने प्रचण्ड का बिरूद्द बोल्नु विभिन्न ब्यक्ति प्रयोग गरि मुद्दा हाल्नु भन्दा तत्कालीन राजा बिरेन्द्र को परिवारकोजमघट भयको बेला ज्ञानेन्द्र परिवारको रौ पनि न हल्लिनु र बिरेन्द्र को परिवारको कोहि पनि न बाच्नु यक जना बचेका सदस्य लाई रारा फ्रेस गर्न लि हैलि रारामा डुबाय र हत्या गर्ने का किरूद्द छानबिनको मुद्दा हाल र दोषिलाई कानुनी कार्बाहि गराउ । नत्र तपाईं राजतन्त्रको भुत नै ठहरिने छौँ । जुम्लाको जनता लाई तम्रा अभिब्यक्ती ले र कामकार्बाहि ले चसक्क हुन लागेको छ ०८४ मा धरौटी जफत बाहेक अरू केही बाकि रहने छैन तपाईं क‍ो ।
निस्कर्स
नेपालको संविधान को प्रस्तावना मा समाजबाद उन्मुख नेपाल को परिकल्पना गरिएको छ त्यो उद्देस्य पूरा गर्न देश भक्त ,रष्ट्रवादि, क्रान्तिकारी सक्तिहरू बिच को कार्यक्रमीम यकता र पुर्ब माओवादी हरूको पार्टी एकता अनिवार्य देखिन्छ । त्यसो भयो भने मात्र
दासत्व चाहने भुतहरूको बिगबिगी पनि समाजवादी आन्दोलन ले समाप्त पार्नेछ ।
त्यसको लागि सबैलाइ सहज हुनेबाटो पत्ता लगान जरूरी छ , साहस गर प्रचण्ड , गुरूबन किरण, खाकाकोर बाबुराम ,मोर्चा समाल बिप्लव र एकजुट बन आहुती,धर्मेन्द्र ,सुशील जस्तै छिटो गर।
त्यस पछि हेर्नुस् भुत पनि भाग्छ , प्रत्यक्ष निर्बाचित कार्यकारि पनि हुनेछ , सु शासन र समृद्धि पनि नेपाल मा कायम हुने छ। धन्यवाद ।
लेखक

कर्नाली प्रदेश सदस्य

तथा पलाता गाउँ कमिटी इन्चार्च
नेकपा (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित