रास्कोटमा वालश्रम गर्न नपाइने, तिन वडालाई वाल श्रम मुक्त घोषणा गरियो

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा वाल श्रममा लगाउन नपाइने भएको छ। रास्कोट नगरपालिका का वडा नम्बर १, ६ र ९ लाई वालश्रम मुक्त गाउँ घोषणा गरिएको हो। यस अघि २ वटा वडालाइ घोषणा गरिएकोमा आज रास्कोट नगरपालिका वडा नम्बर ९थोल्म,फुकोट,वालुखेत, ताम्तीलाइ वालश्रम मुक्त वडा घोषणा गरिएको हो।

आज रास्कोट नगरपालिका  वडा नम्बर ९ का वडा अध्यक्ष धनबहादर  धामीको अध्यक्षतामा भएको कार्यत्रममा  रास्कोट नगर प्रमुख धर्मराज शाही(पोषण) नगर उपप्रमुख मनिराज बराल ,प्रमुख प्रशासकिय अधिकृत जवानसिंह वम , वडा नम्बर ८ का अध्यक्ष मनिराज बराल (स्टार) लगाएतका सरोकारवाला को उपस्थितिमा वालश्रम मुक्त सम्बन्धि सुचक पुरा गरे पछि समुदाय, वालवालिका हरुको सहभागिता रहेको बताइएको छ।

सो कार्यक्रमलाइ सम्बोधन गर्दै रास्कोट नगर प्रमुख शाहीले वालवालिका माथिको श्रम हटाएर सक्षम नागरिक बनाउन अनुरोध गर्दै स्थानिय सरकार संचालन ऐन बमोजिम सवै सेवा दिन आफू लागि परेको बताउदै समुदायलाई रचनात्मक सल्लाहका साथ सहयोग गर्न आग्रह गरेका छन ।

रास्कोट नगर प्रमुख शाहीले अन्य वडालाई तयारी गर्न समेत अनुरोध गरेका छन ।

युनिसेफ नेपालको प्राविधिक सहयोग तथा रास्कोट नगरपालिका को आयोजनामा वालश्रम मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष तर्था नगर प्रवक्ता धनवहादर धामीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित