कालीकोट। आगामी आर्थिक वर्ष २०८०/०८१ लागि कर्नाली प्रदेश सरकारले ल्याएको कूल बजेटमा ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरिएको छ। कर्नाल प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले आगाम वर्ष का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटमा चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पूँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार विनियोजन गरिएको छ । सो बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।
वजेटमा भने नयाँ कार्यक्रम भन्दा पनि पुरानै योजना तथा कार्यक्रम लाई निरन्तरता दिएको विश्लेषण भएको छ।
Discussion about this post