नेपालको अग्लो पचालझरना प्रदेश सरकारको प्राथमिकतामा परेन

7
SHARES
15
VIEWS

कालिकोट । नेपालको अग्लो पचालझरनाको  संरक्षण प्रवद्धनमा प्रदेश सरकारको प्राथमिकता परेन । भर्खरै प्रस्तुत भएको कर्नाली प्रदेश सरकारको बजेटमा नसमेटिए पछि स्थानीय रुपमा चर्चा हुन थालेको छ । ३८१  मिटर अग्लो पचालझरना न त पर्यटन बोर्डले प्राथमिकतामा राखेको छ ? न प्रदेश सरकारले  नै ?

नेपालको तेर्हथुमको हयातुङ् झरना भन्दा पचालझरना १६ मिटर अग्लो छ । नेपाल पर्यटन वर्ष २०२०का अवसरमा ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको उक्त झरनाको संरक्षण प्रवद्धन र विकासका लागि स्थानिय निकाय लागि परे पनि प्रदेश र संघिय सरकारको  प्राथमिकतामा परेन ।

कालिकोट जिल्लाको (साविक राम्नाकोट गाविस वडा न.७,८ र ९को खार्दु) पचालझरना गाउँपालिका ३ खार्दुमा रहेको पचाल छहडोबाट बनेको पचाल झरना हो । चर्चित पचालो देवताको नामबाट स्थापना भएको उक्त छहरो गाउँ भन्दा अलि टाढा रहेको छ ।

प्राचिनकालमा देवता र भुत विचको लडाई ताका भुतहरुको वास स्थानका रुपमा उक्त छहरा नजिक बस्ने गरेको पाइएका्े छ । पछि गएर समुदायको रक्षाका लागि झरनामा पचालो देवता बस्दै जाँदा पचाल छहडोको नाम रहेको बुढापाकाहरुको भनाई रहेको छ ।

स्थानिय समाजसेवि तथा वृद्ध सर्पे कठायतका अनुसार उहिलेका जुगमा पचालोका कारण मानव वस्तिको रक्षा गरेको र छहडा माथि पचालोको बास हुने भएकोले पचाल छहडी भनिएको बताउनु भएको छ ।टाढा बाट हेर्दा जति सुन्दर देखिन्छ पचाल झरना नजिक जाने हो भने मनमोहक दृष्यले झनै मन लोभ्याउने गरेको छ । आफने गती र बेगमा बगीरहेका उक्त झरनामा आवत जावत गर्न गॉउ सम्म यातायात का साधन पुग्न सडक विस्तार भए संगै हेर्न आउनेको वृद्धि भएको छ ।

ति सबै मनमोहक दृश्यको त्रिबेणी अर्थात तिर्थस्थल जस्तै लाग्ने पचालझरनाको नजिक एक दर्जन झरना मठ मन्दिर खिप्ला ठुलो घनाघोर जंगल घाँसे मैदान, भारपाटाको फेदी, तारु लगाएतका पाटनको दृष्यलोकन गर्न सकिने भौने लेख पनि महव्तपूर्ण रहेको छ त्यस क्षेत्रका सालिम पाटन लगाएतमा महत्वपुर्ण जडिबुटीले सिंगारीएका छन ।

पचालझरनामा बर्षमा ६ महिना घाम लाग्ने र बाँकी ६ महिना घाम नलाग्ने झरनाको अवस्था रहेको छ ।हिउँदको समयमा जमेको पानीका थोपाहरु सिसा जस्तै बनेर धारा प्रवाहका रूपमा बग्ने गर्छन ।

बसन्त ऋतुमा फुलेका लालीगुराँसको सजिसजावटको गुणगान जति गरे पनि कमै हुने गर्दछ । झरनालाई हिंउले दुलही जस्तै रहेको भान हुन्छ । यस बसन्त ऋतुमा पाक्ने काफलले जो कोहीलाई मोहीत तुल्याउछ ।

उक्त झरना २०६४ सालमा जिल्ला विकास समितिको पहलमा स्थलगत रुपमा अवलोकन गरी बाहिर आएको हो । तत्कालिन राष्टिय जनमोर्चाका जिल्ला अध्यक्ष जयकृष्ण संज्यालको पहलमा जिल्ला बाट टोलि खटाई नाप लिइएको भएपनि आधाकारिक्ता भने भएको थिएन । देश संघिय संरचनामा गैसके पश्चात वनेको स्थानीय सरकाको पहलमा यस्को डिजिटल प्रविधिबाट औपचारिक नाप लिएको हो। यस्को वास्तबिक उचाई पत्ता लागे संगै यो झरना विश्वकै ३० अग्ला झरनाहरु मध्ये पचालझरना पनि पर्यटकिय गन्तव्यको सुचिमा परेको थियो । अहिले पर्यटकिय सुविधाका लागि यातायत सहज भएको छ।

पचाल झरना गाउँपालिकाले पर्यटन मन्त्रालय मार्फत पर्यटन वोर्डमा कायम गराउने कुराले औपचारीकता प्रदान गराउदै देशभरीका १०० गन्तव्यको ६४ औ नम्बरमा पर्न सफल हुनु आफैमा गौरवको विषय भएको बताउदै यसको निरन्तर प्रवद्धन र विकासका लागि यस गाउँ पालिकामा रहेको अन्य पर्यटकिय क्षेत्रहरुको प्रबद्धन संग संगै गर्नु पर्नेमा जोड दिइएको छ ।

यस अघि गाउँ पालिकामा रहेका चुलिमालिकाको फेदीमा रहेको नौमुल,बेडुलि छहरा,दैतको तड्यो काट्या,भारपाटा, खार्दुमा रहेको लुवासुरी पचालो देवता लगाएतको प्रवद्धन गर्न लागि परेको र पर्यटनको  प्रचुर सम्भावना रहेको यस गाउँ पालिकालाई प्रदेश सरकार,संघिय सरकारबाट ठुलो सहयोग पुग्ने आशा लिएको भएपनि निराशामा परिणत भएकाे पचालझरना गाँउ पालीका अध्यक्ष देवराज शाहीले वताए। पर्यटन वोर्डमा सुचिकृत का लागि प्रक्रिया अघि बढेको वताउदै स्थलगत मापनका लागि टोली आएपछी मात्र सम्भावना देखिएको अध्यक्ष शाहीले बताएका छन ।

पचालझरनालाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरिने गाउँपालिका उपाध्यक्ष  अल्किना बमको  भनाई रहेको छ ।प्रदेश र संघिय सरकारले प्राथमिकतामा नराखेको भएपनि उद्योग तथा पर्यटन मन्त्रलायबाट आवश्याक बजेटको आशा लिएको उपाध्यक्ष वमले बताइन ।

स्थानीय प्रकाश कठायतले पर्यटन संरक्षणमा यस अघिको प्रदेश सरकारले प्राथमिकतामा राखेर अघि बढेको भएपनि यस वर्ष  पचालझरना मात्रै नभइ प्रदेशका अन्य धार्मिक पर्यटकीय क्षेत्र तर्फ समेत ध्यान नपुगेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित