पचालझरनाको महखोलामा टेक्टर दुर्घटना,चालक वुढाथापा वेपत्ता

7
SHARES
15
VIEWS

कालिकोट । मुगुबाट आएको भे.क. ६८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक वेपत्ता भएका छन। कालीकोट जिल्ला  पचालझरनाको महखोलामा सडकबाट एक सय मिटर तल कर्नाली नदिमा खसेको हो।

उक्त दुर्घटनामा  ट्याक्टर चालक मुगु खत्याड गाउँ पालिका  वडा नम्बर ६ निवासी तिलकराज वुढथापा कर्नाली नदिमा वेपत्ता भएको प्रहरीले जनाएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय पचालझरनाको टोली गएको बताइएको छ। सो ट्याक्टर कर्नालि नदिमा खसेकाले चालक को खोजी कार्य भइरहेको  सहकर्मि धनकर्ण विकले जानकारी दिएका छन ।

उनका अनुसार ट्याक्टरको पछाडीको भाग बगाएर लिएकाे र चालक सहित अगाडीको भाग नदिमा डवेको बताए कालीकोटमा जेठ महिनामा २ वटा जिप दुर्घटनामा ५जनाले ज्यान गुमाएका छन भने अषाढको पहिलो हप्तामा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोट जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित